वर्कशपहरु १५ दिन सम्म बन्द रहने

काठमाडौ । सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गरिने भएको छ। पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा वर्कशपहरु पनि असुरक्षित भएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले भदौ १५ गतेसम्म वर्कसप बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।

You can share this post!