एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड अन्तिम तयारीमा जुट्दै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी थालेको छ । आन्तरीक मुल्यांकनका आधारमा बोर्डले यसपालीको एसईईको नतिजा प्रकाशीत गर्ने निर्णय लिएको हो । बोर्डका स्रोतअनुसार नतिजा सोमबार साँझ वा मंगलबार सम्मा प्रकाशीत हुने जनाएके छ ।
यसपालीको एसईई परिक्षाको नतिजाको लागी विद्यार्थीहरुले धेरै समय देखि पर्खिरहेका छन् , किनभने उनीहरुको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा आउने छ ।

गत वर्षभन्दा फरक तरिकाले परीक्षा सञ्चालन भएका कारण विगतमा जस्तै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा बोर्डमा विवाद छ । नतिजा प्रमाणित मात्रै गरेर विद्यालयलाई जानकारी दिनुपर्ने केही सदस्यहरुको तर्क छ ।

बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ ।

परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार “नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने व्यवस्था छ । बोर्डका केही सदस्यले सोमबार नतिजा प्रकाशन नमुना (डेमो) को समेत अध्ययन गरिरहेका छन् । नतिजा प्रकाशनका लागि बाँकी रहेका काम भइरहेको छ” ।
उनले भने आज साँझ वा भोलि बिहानसम्म नतिजा आउने सम्भावना रहेको छ ।

You can share this post!