विरेन्द्र शाह
तिमी हिड कि तिमिले
तिमी हिड कि तिमिले
अझै धेरै अग्ला पहाडहरु चडनु छ,
तिमी हिड कि
सधैं ठोक्कर खाने तिम्रा खुट्टाहरुले
धेरै ढुङ्गाहरु लाई ठोक्कर हान्नु छ !
तिमी हिड कि तिम्रा
हातहरुमा जकडिया
धेरै बन्धनका जन्जिरहरु चुडाल्नु छ,
तिमी हिड कि तिमिले
तिम्रा विरुद्धमा खडा गरिएका
कालो कानुनका दस्तावेजहरु खारेज गर्नुछ !
आखिर….
सहन्छौ अत्याचार कहिले सम्म ?
यो समाज बाट ठगिन्छौ कहिले सम्म ?
विचार मात्रै गर्छौ कहिले सम्म ?
आकाश छुन आतुर
तिम्रा पखेटाहरु काटिने कहिले सम्म ?
फक्रीदै गरेका
तिम्रा सपनाहरु टुटिरहने कहिले सम्म ?
लामो यात्रा तय गर्न अघि बढेका
तिम्रा खुट्टाहरुमा नेल कहिले सम्म ?
चिता बनी जल्छौ कहिले सम्म ?
कठोर अग्नि परीक्षा दिन्छौं कहिले सम्म ?
उन्मुक्तिका आवाजहरु दबाउदै
यातना , हिरासत र जेल कहिले सम्म ?
तिम्रो भय लाई आक्रोश बनाउ
तिम्रो विवशतालाई
विवेकपुर्ण आवेग बनाउ,
तिम्रो मौनता लाई विरोध बनाउ
र
तिम्रो मनमा कुडिएका विचारहरु लाई
मसाल बनाएर जलाउ !
तिमि हिडि कि
तिमिले अझै
धेरै अँध्यारा रातहरु छिचोल्नु छ,
तिमी हिडि कि
तिमिले अझै
धेरै समुन्द्री छालहरुमा तैरनु छ,
तिमी हिड कि
तिमिले अझै
धेरै अाँधी-तुफा सङ्ग टकराउनु छ !
तिमी हिड कि
तिम्रो अस्तित्व लाई नकार्ने
ति सबै पुस्तकहरु जलाउनु छ,
तिमी हिडि कि
तिमिले आफ्नै नयाँ ईतिहास रच्नु छ,
तिमी हिड कि
तिमिले अझै न्याय, समानता र स्वतन्त्रताको
लामो लडाइँ लडनु छ !