नेपालका माओहरु बिल गेट्स बनेपछि

-निभा शाह

माओहरु बिल गेट्स बनेपछि
छाप्रोहरुले भने –
यो त
रगतको होली हो
तर
महलहरुले भने –
यही त दिपावली हो।
लेनिनहरु खुस्चेब बनेपछि
नोराहरुले भने –
यो त विश्वासघात हो
तर
रेगनहरुले भने –
यही त मार्क्सवाद हो ।

You can share this post!