खाेलाले बगाउदा कालिकाेटमा एकै घरका ४ जनाकाे मृत्यु

कालिकाेट।

जिल्लाकाे नरहरिनाथ गाउँपालिका वडा न‌ं‍ ७ स्थित निपाने खोलामा खोला तर्ने क्रममा बगेर गत शनिवार एकै घरका ४ जनाको मृत्यु भएको छ ।

अछाम जिल्ला विनायक नगरपालिका वडा नंं ९ तामकाेट पाेईली घर भएकी देवी बाेहराा अामाकाे ४५ दिने श्रद्धामा नरहरिनाथ गाउँपालिका वडा नं ७ माईतिघर अाउने क्रममा वर्ष ३३ कि देवी बोहरा, उनकी १४ बर्षकी छोरी विपना बाेहरा, १० बर्षका छोरा हेमन्त बाेहरा र १ बर्षकी छोरी अाकृति बाेहरा गरि एकै घरका ४ जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय कुमालगाउँका प्रहरी नायक निरिक्षक लोकराज योगीले जानकारी दिए ।
अछामबाट आफन्तलाई भेटघाटका लागि दिदिको घर कालिकोटको माल्कोट आउने क्रममा खोलामा पुल नहुँदा पानीको बहाव बढेपछि उनिहरुलाई खोलाले बगाएको स्थानीय बिरेन्द्र सहकारीले जानकारी दिए ।
४ जनाकै लास भेटिएसँगै उनका आफन्तलाई बुझाईएको बताईएको छ ।
दुई सातामा कालिकोटमा मात्र बाढि पहिरोबाट २७ जनाको मृत्यू भईसकेको छ ।

This image has an empty alt attribute; its file name is FB_IMG_15976327832352463-300x225.jpg
This image has an empty alt attribute; its file name is FB_IMG_15976327957604432-300x225.jpg

You can share this post!