नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । बैठक सोमबार बिहान ९ बजेबाट सुरु हुँदैछ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीभित्र देखा परेका समस्याबारे छलफल हुने र सरकारका कारबाहीका विषयमा पनि समिक्षा हुने बताइएको छ ।

शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गर्न बैठक बोलाइएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । अ‍ोलीले पार्टीभित्रको शक्ती सन्तुलन मिलाउने मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका हुन् । उनले नेकपाभित्र असन्तुष्ट नेतालाई समेट्ने तयारी गरेका छन् ।

कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए । असार १८ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक बस्न नसकेपछि अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिँदै आएका थिए ।

तर, अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक वा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएका थिए । प्रधानमन्त्रीको अडानकाबीच सचिवालय बैठक बोलाइएको हो ।

source : kathmandupati.com

You can share this post!