छुवाछुतविरुद्धको असफल आन्दोलन र वास्तविक समस्या

 दिपु चौधरी

आज धेरै दिनको अध्ययन, छलफल र बसाईपछि मेरो मानस पटलले फेरी एउटा लेख लेख्ने जमरको गरेको छु। योभन्दा पहिला मैले दुईवटा लेख लेखेको छु। जस्मा एउटा युवाको मानसपटलमा प्रत्यक्ष घटनाहरुले उब्जाएका विभिन्न सवाल र अध्ययनहरुका बारेमा थिए। जब त्यो लेखको प्रतिक्रियाहरु आए त्यसपछि मैले फेरि मेरो अध्ययन लाई निरन्तरता दिए जस्मा धर्म, संस्कृति, समाज, विश्व राजनिति र केहि विशिष्ठ व्यक्तिहरु थिए। आज मैले यो लेखमा केवल एउटा युवाको आव्रmोश नभएर विद्यमान रहेको समस्त छुवाछुतको बारेमा र त्यसको लागि गरिएको संघर्ष सत्य हो या गलतलगायत हाम्रो समाजमा विद्यमान छुवाछुतो जडलाई प्रस्ट्याउने कोषिस गरेको छु। यो मेरो लेख कत्तिको याथार्थ र निर्णायक हुनेछ यसको बारेमा निर्णय लिने अधिकार पाठक वर्गलाई छ।

यो लेख लेख्दै गर्दा अहिलेका मनुवादी र दलितवादीहरुले मलाई पूर्ण रुपमा गलत भन्नेछन्। तर, एउटा कुरा समाज परिवर्तनको लागि मेरो यो पहिलो कदम हुनेछ। आज यस लेखमा छुवाछुतविरुद्धको लडाई असफल किन भयो ? दलित शब्दले निम्त्याउने समस्याहरु र छुवाछुतका वास्तविक समस्याहरुको बारेमा केही प्रकाश पार्न कोसिस हुनेछ। छुवाछुतविरुद्धको लडाई असफल किन ? सर्वप्रथम कुरा गरौं, छुवाछुत विरुद्धको लडाई असफल किन? कुनै पनि समाज मान्दै आएका धर्म, साँस्कृति, रितिरिवाज, चालचलन, शिक्षा इत्यादीले शुसुचित हुन्छ। यि कुराहरुमा खलल पु¥याएमा त्याहाँ विद्रोह निश्चित छ। र विद्रोहले जहिले पनि समाजको रुपरेखा परिवर्तन गरेको कुरा हामिलाई सर्वविविधै छ।

२१औं शताब्दीको युगसम्म आईपुग्दा समाजले आफ्नो रुपरेखा परिवर्तन गर्दै आइरहेको छ। तर, पनि हाम्रो विश्व समाजमा केही कुरिती, कुधर्म, कुसँस्कृतिहरुले आफ्नो जरा गाडेर बसेको छ। यि विभिन्न कुसँस्कृति, कुशस्कार मध्ये एक हो छुवाछुत। यो कुप्रथाको जन्म कसरी भयो ? कसले ग¥यो ? को हुन् यसका जन्मदाता ?

हाम्रो देशको समाज सनातन धर्मका मनुवादी हिन्दुहरुले निमार्ण गरेको समाज हो। जहाँ सनातन धर्मका वेद, उपनिषदहरुलाई उल्टो व्याख्या गरेर, त्यसलाई तोडमोड गरेर मनुवादी हिन्दुहरुले समाजमा हिन्दुधर्म लादेका छन्। त्यसमा पनि सनातन धर्मको वेदमा उल्लेख भएको ब्रह्माको ४ अंगको व्याख्यालाई उल्टो अर्थ लाएर वा नजानि त्यसलाई मनुले स्मृतिका प्रत्यके इतिहासमा रामायण, माहाभारत, स्वास्तानि इत्यादिमा जात व्यवस्थामा लादे।

त्यसलाई कथित व्राह्मणहरुले हिन्दु व्यवस्थामा परिणत गरे र समाजलाई जात व्यवस्थामा लगेर ४ ओटा वर्ग निर्माण गरे। जस्मा व्राह्मण, क्षेत्री, वैश्य र शुद्र रहेका छन्। जसले समाजमा सर्वश्रेष्ठ व्राह्मण, त्यस पछिका श्रेष्ठ क्षेत्री र वैश्य लाई उनिहरु पछिका भनिए। तर शुद्रलाई समाजको मानिस मा त के जनावरमा पनि गनिएन। गाईको गोबरलाई गणेश भगावन् मान्नेहरुले शुद्रलाई गाईको गोबसम्मको पनि मानेन्। कुकुरको पूजा गर्नेहरुले शुद्रलाई कुकुरसम्मको पनि इज्जत दिएनन्। हामी यस्तो समाजका मानिस हौं।

मैले योकुरा गरिरहनु पर्ने आवश्यकता त होइन। तर, यो कुरा हामिहरुले विर्सिसकेका छौं। किन भने हामि स्वयंम कुकुरको पुजा गर्छौ, गाईको गोबरलाई गणेष भगवान मानिरहेका छौं। ल भन्नुहोस् हामी एकातिर स्वयंम यसलाई स्वीकार गर्दैछौं र अर्कोतिर यसका विरुद्ध लडाई पनि गर्दैछौं। कसरी हामी सफल हुन्छौं?

हाम्रो अग्रजहरुलाई यो थाहा छैन कि हाम्रो लडाईकोसँग हो भनेर। किन भने जुन हिन्दू समाजमा हामी सँर्घष गर्दैछौं। त्यहाँ न प्रचड, न केपी, न शेरबादुर, न नरेन्द्र मोदी, न पुटिन, न सि जिङ, न अन्य कुनैले यो व्यवस्था लागदेको हो। यो त मनुवादी हिन्दुहरुले लादेको हो। जुन कुरालाई हामी एउटा कुनामा राखेर दलित आन्दोलन भनेर त्यहि कथित व्राह्मण, क्षेत्रीहरुसँग भिख माग्दैछौं। उनीहरुले केही कोटा र आरक्षण भिख दिन्छन र हामी चुप हुन्छौं। यहि सिलसिला चलेको थियो, चल्छ र चलिरहनेछ। यदी यहि असफल दलित आन्दोलनलाई अघिबढाउने हो भने हामी एक पटक होइन, पटक—पटक असफल भैरहनेछौं।

दलित शब्दले निम्त्याएका समस्याहरु

अब कुरा गरौं दलित शब्दले निम्त्याउने समस्याहरुको बारेमा। यो शब्दको बारेमा कुरा गरिरहँदा दलित आन्दोलन का अगुवाहरु, अर्धशिक्षित छुवाछुत पिडित युवाहरु र भारतका दलित आन्दोलनका अगुवाहरु र युवाहरुले पक्कैपनि मलाई उपशब्द दिनेछन्। तर, मलाई यस्मा कुनै आपत्ति छैन। किन भने लाखौ जनाले गलतलाई सहि भन्दैमा म त्यसलाई सहर्स स्वीकार गर्दिन किन कि म माक्र्स, लेनिन, माओको शिष्य हुँ।

सर्वप्रथम हामीलाई समाजले मानिसबाट शुद्र बनायो र आफ्नो छुवाछुतको जग बसायो। यसलाई मलजल कथित व्राह्मणहरुले गरे। समाज सुधारकहरुले पनि अवाज नउठाएको होइन। तर, उनीहरु मनुवादी हिन्दुहरुको विरुद्ध बोल्ने हिम्मत राखेनन्। त्यसपछि हामीलाई शुद्रभन्दा पनि कामको आधारमा बनाएको जात व्यवस्थाका शिकार भयौं। त्यहाँ शुद्रभन्दा पनि कामी, दमाई, मेचे, मुसहर, पारियार आदि इत्यादी थरका आधारमा छुवाछुतको नयाँ जग बस्यो। जसले मनुवादी हिन्दुहरुलाई सहजैसँग समाजमा छुवाछुतलाई मौलाउ दिने मौका मिल्यो।

अहिले हाम्रो समाजमा छुवाछुतको नयाँ प्रवृति आएको छ। जुन हो दलित। अहिले विस्तारै मानिसहरुको मानसपटलमा दलित शब्द भन्ने वित्तीकै कामि, दमाई, मेचे, मुसहर, परियार, नेपाली आदि आउथालिसकेको छ। नयाँ पिडीका युवाहरुले दलित शब्दलाई कथित तल्लो जातका मानिस भनेर आफ्नो मनोविज्ञान बनाईसकेका छन्।

त्यसलाई समर्थन हामिहरु नै गर्दैछौं। विभिन्न दलित संघ संगठन, प्रत्येक पार्टी भित्र दलित संगठन आदि कानूनीरुपमै दर्ता गराएर। पटक पटक दलित शब्द प्रयोग गरेर समाजमा आफै नयाँ वर्ग स्थापना गर्दै छन्। यो जात व्यवस्थाभन्दा पनि तल गएर वर्ग व्यवस्थामा जादै छ। जस्को कारणले हामि अझै एक हजार वर्ष पछि धकेलि सक्यौं। अब को समाजमा छुवाछुतको नयाँ रुप दलित भनेर लिइसकेको छ जुन कानूनी र संवैधानिकरुपमै घोषणा गरि सकेका छन्।

छुवाछुतका वास्तविक समस्याहरु

छुवाछुतका वास्तविक समस्याहरुको बारेमा चर्चा गरिरहँदा मैले दुई वटा धारबाट कुरा गर्नुपर्ने हुन्छ। एउटा धार्मिक र अर्को हाम्रो समाजिक। हाम्रो प्रमुख समस्या छुवाछुत मनुवादी हिन्दूहरुले जन्माएको हो। उनीहरुको वर्णव्यवस्था र जातव्यवस्थालाई समाजमा जबरजस्ती लादेर आज हामी यो अवस्थामा छौं। अब कुरा गरौं मैले औलाएका समस्याहरुः

प्रथम नागरिकता

कुनै पनि देशमा नागरिकता एउटा संघिन मामिलाहुन्छ। हाम्रो समाजमा पनि छ। नागरिकताकै लागि मधेशमा पटकपटक मानिस मरिरहेका छन्। तर, मेरो यसमा फरक मतछ। नागरिकतामा जुन नामको पछाडि शब्द राखिन्छ त्यसले तपाईंको सवैकुराको फैसला गर्छ। तपाईं कत्तिको काबिल हुनुहुन्छ, कत्तिको सक्षम हुनुहुन्छ त्यसले केही फरक पर्दैन। फरक परछ त्यो नागरिकताको पछाडि राखिएको शब्द (थर)। त्यस्ले निधारण गर्छ तपार्इं कहाँसम्म पुग्ने भन्ने कुराको।

यसो भनिरहदा आश्चर्य लाग्छ होला। तपाई यसरि बुझनुहोस्। तपाईको नागरिकता बनाउने तरिका छ त्यो मनुवादी हिन्दुहरुको आधारमा तए भएको कुरा हो। ताकि मानिसलाई छुट्उन सकियोस् कि को व्राह्मण हो, को नछुने जात हो भनेर। न भए किन नागरिकता को नामको पछाडि जे पनि राख्न दिन्न? यस्लाई बढावा दिन शिक्षा जुन मानिसको जिवनाको प्रमुख अंग हो त्याहाँ किन लेखिन्छ दिपेश दमाई भनेर ? किन लेखिदैन दिपेश नेपाल भनेर? किन लेखिदैन दिपेश भनेर? नाम को पछाडी थर झुड्याउनै पर्ने हो। यो हाम्रो वाध्यता हो कि मान्यता हो? यो पद्धतिलाई सच्याउनै नमिल्ने हो र?

आज जति पनि युवाहरु छन् ति मध्ये छुवाछुत पिडित ६० प्रशित युवाहरु यही कुरा लुकाएर बस्छन्, हिड्छन् कि कसैले मेरो नागरिकता नदेखोस्। मेरो थर थाहा नपाओस। किन यो सिर्जना गर्नु भएको? यसलाई हटाउन नमिल्ने हो? यो नागरिकतामा किन थर राख्नु भयो? किन जात व्यवस्थालाई वढावा दिनुहुन्छ? एकता तिर आन्दोलन गर्ने अर्कोतिर त्यहि मनुवादी हिन्दुहरुले लादेको व्यवस्थालाई स्वीकार गर्ने। अनि कसरी परिवर्तन हुन्छ? यसरी परिवर्तन हुने हो? मर्न तयार, मार्न तयार। तर मनुवादीहिन्दू व्यवस्था त्याग्न तयार नहुने वाहा! गजबको आन्दोलन। अनि त्यसलाई पछ्याउने युवाहरु।

दोस्रो संगठन

हाम्रो समाजमा पहिले र अहिले विभिन्न समाज परिवर्तनका रुपरेखा हरु देखिए सुनिए। तर, खोइत त हाम्रो उपस्थिति ? कालापनि युद्धमा केवल वलभद्र कुवरले युद्ध गरेका हुन ? जसको श्रेय केवल कुवरहरुले पाउनलाई ? १० वर्षे जनयुद्धमा केवल व्राह्मण क्षेत्रीहरु मात्रै युद्ध गरेका हुन् ? खोईत हाम्रो उपस्थिति ?

यसको प्रमुख कारण हो हाम्रो संगठनहरुमा निर्णायक पदहरुमा जान नसक्नु। किन भने हामी मनुवादी हिन्दुहरुको समाजमा छौं। जाहा न हिजो न आज निर्णायक ठाउँमा जान दिइएको छ। जति पनि संगठनहरुमा हाम्रो उपस्थिति छ त्याहाँ केवल सदस्य अलि माथि गए पनि निर्णयक पदमा जानदिइदैन। तर हामीले यस्को सामाधान खोज्नु पर्छ। प्रत्येक संघ, संघठनमा ४० प्रतिशत कोटा होइन २ ओटा ठाउँ दिए पुग्छ तर त्यो ठाउँ निर्णायक ठाउँ हुनुप¥यो।

अनि हेरौं कसरि हेप्छन् ? के भनेर हेप्छन् ? तर यहाँ केवल हिजोका दिनमा भिक मागेको जसरी भिक मागेर हिड्छन्। र केहि माथिल्लो पद पाए भने खुशि भएर के के न पाएको जस्तो गर्छन्। हामीलाई प्रत्यक संघ, संघठन, पार्टिको मुख्य निर्णाक पद को जिम्मेवारी दिनु पर्छ र हामिले त्यसको लागि बरु लड्न र मर्न तयार हुने हो। कुनै पनि निर्णायक पदमा जानको लागि हामि डराउँछौं। त्यसको लागि लड्ने हिम्मत राख्दैनौं। अनि सडकमा आएर मैले दलित आन्दोलन गरे, मैले दलितको आवाज उठाए भनेर के हुन्छ। निर्णय गर्ने अधिकार त्यहि मनुवादी हिन्दुलाई दिएपछि । उसले तपाईको पक्षमा निर्णय गर्छ?

संगठन सँग जोडिएको ठूलो क्षेत्र हो आर्थिक। यो ठाउँमा पुगन त हामीले मनुवादीहरुले माहा यज्ञ भनेको जस्तो गर्नुपर्ने अवस्था छ। नेपालको समाजमा रहेका आर्थिक हरेका क्षेत्रमा हाम्रो पहुँच छदै छैन भन्दा पनि हुन्छ। किन भने हामी छुवाछुत पीडितहरुले एकता के हो, संगठन के हो, त्यो त थाहै छैन। हिजोका दिनमा हाम्रा पुर्खाले यिनिहरुकै पैताला मुनि भिख मागेर बाचेका मान्छेका त सन्तान हौं हामि अनि कसरी थाहा हुन्छ एकता भनेको, कसरी थाह हुन्छ संगठन भनेको। बरु दलित संगठन अहिले टोल टोलमा, घर घरमा, गल्ली गल्लीमा छन्।

समाजमा आउने विभिन्न विकास निर्माणका कामहरु, विभिन्न आयोजनाहरुलगायत अन्य विविध आर्थिक क्षेत्रमा हाम्रो पहुँच एकदम न्युन छ। त्यसलाई सुधार गर्नका लागि हामीहरु अगाडी आउन जरुरी छ। तर, हामी डराउँछौं। के गर्ने ? कसरी गर्ने? कहाँ गर्ने? के पो हुने हो ? लगाएत प्रश्नहरुले आफैलाई घेरछौं र डराएर भाग्छौं। बोल्ने ठाउँमा बोल्दैनौं। अनि भन्छौ बोल्न दिएन। तपाईंको मुखमा बन्दुक राखेको हुन्छ र नबोल्नलाई ? सडकमा त बोलिन्छ।

तेस्रो शिक्षा

शिक्षा मानव समुदायको अभिन्न जस्तै बनेको छ। अन्य कुरा बिना मान्छे बाँच्छन् बाच्दैन थाहा छैन। तर, शिक्षा बिना मानव समूदाय बाँच्न असम्भव प्राय बनेको छ। समय व्रmमअनुसार शिक्षा रुप परिर्वन हुन्छ। तर कार्य एउटै हो मानव समुदायको विकास चाहे राम्रो होस् चाहे नराम्रो। शिक्षाले नै मानिसको जीवनलाई सार्थक बनाउँछ र यसैले नै जिवनको सम्पूर्ण कुराको नेतृत्व गर्छ। शिक्षाले सम्पूर्ण धर्म, साँस्कृति, चालचलन, रितिरिवाजहरुको नेतृत्व गरिरहेको हुन्छ।

समाज बनाउन र त्यसको विकास गर्न शिक्षाले नै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो समाजमा पनि शिक्षाले गर्दा नै आज हामीहरु नेपालको गर्भिलो इतिहास् पढ्न र भोग्न पाइरहेका छौं भने त्योभित्र हामीले भएका कुरिति, कुधर्म पनि भौगदै र पढ्दै आइरहेका छौं। यि दुई ओटै क्षेत्रको नेतृत्व शिक्षाले गरेको छ।

अब कुरा शिक्षा भित्र छुवाछुत कसरी छ। हिजोका दिनमा शुद्र भनेर शिक्षामा बन्देज थियो। पछि समाजमा कथित तल्लो जात भनिनेहरुलाई शिक्षा त दिइयो तर कस्तो दिइयो भने हरेक शिक्षाका पानाहरुमा जात व्यवस्थाहरुको व्याख्या गरियो। त्यस्तो शिक्षाले झन ति मानिसहरुको मष्तीस्कमा हजारौ वर्ष सम्म नमेटिने दाग लाग्यो।

मानिसको पहिलो शिक्षा आमाबाट हुन्छ। जुन आमा समाजबाट हेपिएकी छे, जसलाई त तल्लो जातको होस् भनेर दर्ता गराईएको छ, जुन भगवानले अछुत वनाएको छ त्यहि भगवानलाई आखाँ चिम्लेर स्वीकार गदर्छे त्यो आमाले आफ्नो सन्तानलाई के शिक्षा दिइन होला ? जुन बाउ रातिदिनकाम गरेर सम्मानत परको कुराहो मिठो बचन पाउँदैन, अरु मानिस सँग अन्यायको विरुद्ध बोल्नको सट्टा दासतालाई स्वीकार गर्दछ, आफ्नो हक अधिकार र आत्मसम्मानको लागि लड्न सक्दैन त्यो बाउले आफ्नो सन्तानलाई के शिक्षा दिए होला ?

हाम्रो समाजमा पहिले पनि र अहिले पनि एकातिर छुवाछुत मूक्त घोषणा भनि संविधान बनाउँछ भने अर्को तिर ति साना नानिबाबुदेखि पिएचडी होल्डरसम्मलाई पाण्डव र दुर्योधनको कथालाई स्वीकार्न सिकाउँछ। जुन महाभारतले जात व्यवस्था र त्यसले निम्त्याएको छुवाछुतको नेतृत्व गर्ने सबैभन्दा ठूलो पुस्तक हो। यस्तो महाज्ञानिहरुको समाजले छुवाछुत गर्दैन भनेर कसरी मान्नु?
हाम्रो शिक्षाको हरेक पानाहरुमा मनुवादी हिन्दुहरुको नेतृत्व गरेको हुन्छ। जसलाई लेखक, प्राध्यापक, साहित्यकार, कवि आदिहरुले वर्णन गरेका हुन्छन् । एकातिर यिनीहरु समाजमा रहेका यस्ता विकृतिहरुलाई प्रहार गरिरहेका हुन्छन् भने अर्को तिर रामराम उच्चारण गरिहेका हुन्छन्। यस्ता हरुबाट के शिक्षालिने हामिहरुले। त्यस्तो शिक्षाबाट हामी अछुत नभई को हुन्छौं ?

जुन समाजको शिक्षाले सरस्वति विद्याका धनि, ज्ञानको सर्वश्रेष्ठ किताब भगवत गिता, बाइवल, कुरानहरु भन्छ र त्यासलाई सहर्स स्वीकार गर्छन्। यतिसम्म कि जसले आफ्नो जीवनमा यो धर्म, भगवान, सँस्कृतिहरुलाई लात हानेर हिनेका थिए उही बुद्धलाई समेत भगवान बनाइदिए। यस्तो समाज जस्ले मान्छेलाई भगवान बनायो भने अछुत बनाउँन के वेर लाग्ला र ? अनि कसरी समाज परिर्वन हुन्छ ।

र हाम्रो समाजमा छुवाछुत को समस्या समाधान हुन्छ। अहिलेका छुवाछुतका लागि लड्नेहरु पनि कम छैनन् एकतिर सडकमा हाम्रो हक अधिकार चाहियो भनेर लड्छन् भने अर्को तिर यहि शिक्षालाई आखाँ चिम्लेर स्विकार गर्छन्। र अहिलेका अन्धभक्त छुवाछुत पिडित युवाहरु भेडा जस्तै पछि पछि हिनिरहेका हुन्छन्। यिनिहरुलाई कसले भनिदिनेहोला यहि शिक्षाले जन्माएको हो छुवाछुत। हामीले यस्तो शिक्षाका विरुद्ध लड्ने हो। नेपालमा यो शिक्षा हटाउने हो भनेर।

चौथो सम्मान

समाजमा सम्मान शब्दले धेरै ठूलो महत्व राख्छ। मानिस आफ्नो जिवनमा जत्ति दुःख गर्छ उस्ले त्यक्ति नै वा त्यो भन्दा बढी सम्मानको अपेक्षा राखेको हुन्छ। त्यो त्यसको अधिकार पनि हो पाउनु पर्छ। तर, विश्वका सबै समाजमा यो लागु हुन गाह्रो छ। त्यसमापनि दक्षिण एसीयाली मुलुक भारत नेपाल भुटानलगाएताका देशमा त असम्भव जस्तै छ भन्नु पर्ला। किन भने मनुवादी हिन्दुहरुले हिजो अस्तीका कुरीति हरुलाई लाखौं वर्ष पुरानो संस्कृति भनेर लादेका छन्। जसका कारण ले सम्मानलाई पनि विभाजित गरेकाछन्। त्यहाँ पनि हामी छुवाछुत पिडितहरुलाई सम्मानत बाट बन्चीत गरेका छन्।

मैले अघि नै भने कुकुर, गाई, काग पुजा गर्नेहरु, गोबरलाई गणेश मान्ने मनुवादी हिन्दुहरुले हामीलाई त्यो कुकुर, गाई, काग त अलि माथि भए त्यसको गोबरसम्मको पनि मान्दैनन्। अनि यि सबै कुरालाई आखाँ चिम्लेर स्वीकार गर्ने हामीहरु कुन सम्मानको अपेक्षा गर्दै छौं ? एका तिर सम्मान चाहिने अर्को तिर गोबर पुज्ने हामीहरु अनि कसरी हुन्छ? अनि यो समाजका मनुवादीहरुसँग हामी काँधमा काँधमिलाएर गोबरको पुजा गर्छौं। अनि सम्मान पनि चाहियो भन्छौं। मनुवादी हिन्दुहरुले हामीलाई के आधारमा सम्मान देलान् ?

(लेखक दिपु चौधरी ग्राफिक डिजाइनर हुन् ।)

You can share this post!