प्रचण्ड निवासमा तीन शीर्ष नेताको भेटः सचिवालय बैठक बोलाउन माग

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तीन शिर्ष नेताले भेटेका छन् ।

पार्टीभित्रको विवाद समाधान उन्मुख भइरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटेका हुन् । भेटमा शीर्ष तीन नेताले नेकपा सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

उनीहरुले शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि शंकाको दृष्टिले हेर्दै सचिवालय बैठक बोलाउन माग गरेको श्रोतले बताएको छ ।

पौडेल नेतृत्वको कार्यदल सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

source : kathmandupati.com

You can share this post!