कालिकोटमा दलित युवालाई सामुहिक कुटपिट गरि भिरमा फालियाे

कालिकोट साबिक कालिका मुग्राहा गाबिस वडा न.४ हाल सुभकालिका वडा न८का पंख बहादुर बिकलाई साउन २६ गते जातीय विभेद गर्दै शाही युवाहरुले निर्मम कुटपिट गरेका छन् । धार्मिक परम्परा अनुसार साउन २६ गते सप्तमी तिथिका दिन सुभकालिका गाँउपालिका वडा न ७ अन्तरगत पर्ने मच्छेवाडी भन्ने ठाउँमा धबलपूरा देबताको पुजा आर्चना साथै मेला समेत लाग्ने भएकोले ५ बर्षको भाइलाई काधमा बोकि उक्त मेलामा जान खोज्दा त्यहिका स्थानीय युवाहरु अर्जुन शाही , कमल शाही युवराज शाही चते सेजुवाल लगाएतका युवाहरुले बाटो छेक्दै ” जातिय गालि गर्दै डाेम कमाराे , सानोजात भएर पनि सान झारेर हिडने ? चस्मा लगाउने ? राजठाट बनेर हिड्ने भन्दै बाटो छेकी जातीय विभेद गर्दै ढुङ्गा र दाउराले कुटपिट गरि भिरबाट खसालिएका थिए ।वरपरका केही ब्यक्तिले देखे पछि पंख बिकलाई उठाएर अस्पताल लगेका थिए ।

उक्त कुटपिटबाट दायाँ खुट्टा भाचिनु साथै घाँटी नचलेको र शरीर सबै शिथिल भएको घाइतेका मामाले बताएका छन् २६ गते राती बाट नै कालिकोटको जिल्ला अस्पतालमा उपचाररत छन् ।

जातीय बिभेदको चरम उत्कर्सको यस्तो घटना हुँदा समेत
४ दिन सम्म घटना मिलाउन केही अगुवा र पार्टीका नेता लागि परेको स्थानीय दलित युवा पुनम बिश्वकर्मा बताउछन् । यस्तो जातीय बिभेदको जघन्य अपराधको घटनालाइ गाउँ मै मिल्नु पर्छ भने अगुवा र नेता लागे तर हामी मानेनौ र आज मात्र जिल्ला प्रहरी कार्यलयमा जातीय छुवाछूतको मुद्दा दर्ता गरेका छौं ।

यता डिएसपि स्यामबाबू ओलियाले भने
अरु सबै गाउँमा के के हुन्छ कति गाउ मै मिल्छन त्यो त थाहा हुदैन तर आज यो जातीय बिभेदको मुद्दा आएको छ दर्ता नि भएको छ घटनामा संम्लग्न ब्यक्ती फरार छन् खोजतलास गर्छौ र कारवाही हुने छ ।
अहिले पनि पीडित परिवारले भने आफुहरुलाइ अशुरक्षित भएको र कसैको पनि साथ नपाएकोमा गुनासो ब्यक्त गरेका छन् ।
कालीकोटमा जातीय बिभेदको यो पहिलो घटना भने होईन । कालिकोट नरहरिनाथ नगरपालिकामा जनप्रतिनिधि मना सार्कीलाई समेत जातीय बिभेद गर्दै कुटिकुटी हत्या गरेका थिए । कालिकोट मै मन बिरे सुनारलाइ चुलो छोइएको निहुँमा शाहीहरुले कुटेर हत्या गरेका थिए ।

थाहा अनलाइन्बाट साभार

You can share this post!