नेकपा कालिकाेटले गर्याे जनश्रम अभियानकाे सञ्चालन

नेकपा कालिकोट ले संगठन भेटघाट र जनश्रम अभियान संचालन गरेको छ । यसैक्रममा कालिकोट साबिकको मेहेलमुडी गाबिस मा गाउकमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । गाबिस ईन्चार्ज क दान ब बोहोराको सभापतित्व जिल्ला ईन्चार्ज क बिराटको प्रमुख अातिथ्यता र जिल्ला सेक्रेटरी क रणदिप एरिया ईन्चार्ज क किरण भकतपुर जिल्ला कमिटी सदस्य क विषम को अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रअ क बिराट ले पचण्ड ले सिध्ाउन खोजेको क्रान्ती लाई बिप्लब नेकपा ले बचाउदै बिकास गरिरहेको प्रति सिङ्गो देशले गर्भ गरिहेको धारणा ब्यक्त गर्दै अबको लडाई सुधारबादी अबसरबादी र दलाल प्रबृती संग भएको ले सचेत भएर प्रतिबद्दताका साथ लाग्न कार्यकर्ता लाई निर्देशन दिनु भयो । भने जिल्ला सेक्रेटरी रणदिप ले बर्तमान कम्युनिष्ट सरकार कोभिड 19 र बाढीपहिरो को बिपत्ती ब्यबस्थापन गर्न पुरै असफल भएको धारणा राख्दै जनश्रम र पिडितहरुको साहारा भै जुट्न निर्देशन दिदै अबको कम्युनिष्ट धारको कुसल नेतृत्व अाफ्नो पार्टी ले गर्ने जिम्मेवारी अाएको ले गम्भीर भएर लाग्न अपिल गर्नु भयो उक्त कार्यक्रममा मेहेलमुडी गाउकमिटी भित्रका नेता कार्यकर्ता को उपस्थिती रहेको थियो । यो अभियान जिल्ला का सबै एरियाहरुमा संचालन गर्ने नेकपा कालिकोट श्रोतले जनाएको छ ।

You can share this post!