सरकारले भन्योः आफ्नै खर्चमा कोरोना परीक्षण गराउनू !

काठमाण्डु – सरकारले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन आग्रह गरेको हो ।

मन्त्रालयले  कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सपिङ मल, रेष्टरेन्ट,होटल,उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेकाले आफ्नै खर्चमा परीक्षण गराउन आग्रह गरेको  छ ।

‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने व्यवस्था गर्न गराउनु हुन अनुरोध गरिन्छ ।’

हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ ।

source : kathmandupati.com

You can share this post!