काठमाण्डु – गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काट्दै पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए । मन्त्रालयले सवारी पासको दूरुपयोग गरेर मानिसहरुको आवातजावत बढेको र कोरोना संक्रमण पनि बढेका भन्दै यस्तो निर्णय गरेको हो ।