सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

काठमाण्डु – कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण मुलुक करिव ४ महिना भन्दा लामो समयदेखि (बन्दाबन्दी)लकडाउनमा छ । मुलुक लकडाउनले सुनसान भइरहेका बेला कोभिड–१९ फैलन नदिन नेपाल–भारत सीमा नाकामा भने थप कडाई गरिरएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच देश भित्रनमा लगाइएको रोक र बन्दाबन्दीको अवज्ञा गर्दै भारतबाट मानिसहरू नेपाल प्रवेश गरिरहेका विवरणहरू सार्वजनिक भइरहेका बेला भारतसँगका सीमा नाकाबाट अवैध प्रवेश रोक्न सरकारले निगरानी बढाएको छ ।

सरकारले भारतबाट प्रवेश गर्ने १० वटा मात्र नाका सञ्चालनमा ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म अन्तराष्ट्रिय नाकाहरु नखोल्ने निर्णय गरेपछि सीमामा सशस्त्रको उपस्थिति बढाइएको हो ।

पहिलेदेखि सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यतिबेला तोकिएको दायित्व मात्र निर्वाह गरेको छैन, सिमित साधनस्रोतका बाबाजूद चुनौतीलाई साहसका साथ सामना पनि गर्दै आइरहेको छ ।

त्यस्तै पहिलो पङ्तिमा रहेर सीमा नाकामा काम गर्ने सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न खोज्नेलाई नेपाल सरकारको नीति अनुरुप स्थानिय जनप्रतिनिसँग समन्वय गरी कवारेन्टाइनमा राख्ने, स्वास्थ् जाँच गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।

त्यस्तै मुलुकमा कोरोना भाइरस संक्रमणदर बढेसँगै नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना जोखिम बढेको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता राजु अर्यालले कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमणको जोखिम बढेको बताए ।

करिब लकडाउन सुरु भएदेखि आजसम्म आइपुग्दा सशस्त्र प्रहरीमा १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न जिल्लामा गरी सो संख्यामा संक्रमण देखिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले बताए । संक्रमितमध्ये ११९ जना डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमित ६५ जना रहेका छन् ।

संक्रमितहरु प्रदेश १,२ र ३ का हुन् । ६५ जनामध्ये काठमाण्डुको स्वयम्भूस्थित सशस्त्र प्रहरीको अस्पतालमा ५ जना उपचाररत रहेका छन् । त्यस्तै मुलुकभर फैलिएको कोरोना भाइरससँगै देशमा बाढी पहिरो, डुवान लगायतका प्राकृतिक विपत्तीबाट पनि बर्षेनी ठूलो धनजनको क्षति भइरहेको छ ।

वर्षायाममा तराईमा बाढी र डुबान तथा पहाडमा पहिरोका कारण ठूलो क्षति हुँदै आएपछि सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेर आवश्यक काम अघि बढाएको छ ।

सरकारले विपद् जोखिम न्यूनीकरणका लागि वर्षायाम सुरु हुनुअघि मात्र आवश्यक प्रबन्ध मिलाए पनि जोखिम न्यून भएको पाइदैन ।

त्यसै कारण सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै गठन गरेर वर्षभरि नै यस मार्फत जोखिमयूक्त क्षेत्र पहिचान गरी सावधानीका लागि कार्ययोजना बनाउने, सरोकारवाला निकायहरू बीच समन्वय गर्ने, बाढि पहिरो लगायतका विपत्तिको पूर्वानुमान प्रणालीको विकास गर्ने लगायतका कामहरु सुरु गरेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणका कारण समेत उद्धार तथा राहतका लागि समेत अघिल्ला वर्षहरुमा भन्दा यस पटक चुनौती थपिएको छ ।

यी सबै परिस्थितिलाई ध्यानमा राखेर प्राधिकरणले जोखिम मुल्याङ्कनका आधारमा सबै जिल्लाहरुमा उद्धार तथा राहत सामग्रीहरू पुर्याएको छ ।

विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीका लागि सबै संघीय मन्त्रालय, स्थानीय सरकार, जिल्ला विदप् व्यवस्थापन समितिहरु, प्रादेशिक सरकारहरु र सबै साझेदार संस्थाहरु सबैको संयूक्त प्रयासबाट मात्र यो सम्भव हुने भएकाले त्यसैअनुसार प्राधिकरणले पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको छ ।

त्यस्तै, प्राकृतिक विपत्तिमा उद्धार कार्यका लागि सशस्त्र प्रहरीले पनि प्रत्येक वर्ष तालिम तथा अन्य विभिन्न उपकरणहरुसहित दक्ष जनशक्ति तयार गरि परिचालन गर्ने गरेको छ ।

यसपटक पनि प्राकृतिक विपत्तिसँग जुध्नका लागि सशस्त्र प्रहरीले आवश्यक तालिम तथा उपकरणहरू उपलब्ध गराई तयारी अवस्थामा राखेको र उनीहरुलाई जुनसुकै बेला पनि परिचालित हुन सक्ने अवस्थामा रहन समेत निर्देशन दिएको प्रवक्ता अर्यालले काठमाण्डुपाटीलाई बताए ।

उनले सीमा क्षेत्रमा खटिएका प्रहरीका लागि पिपिइ, मास्क, पञ्जा, स्यानिटाइजरलगायतका आवश्यक स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराइएको पनि जानकारी दिए ।

source : kathmandupati.com

You can share this post!