नारायणी अस्पतालका ३ सय ५० जना कर्मचारीले दिए सामूहिक राजीनामा

काठमाण्डु – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३ सय ५० जना कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

कोरोना भाइरसको संक्रमणमा खटिने चिकित्सकहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले प्रमुख जिल्ला अधिकारीलाई सामूहिक राजीनामा बुझाएको जानकारी दिए ।

उनीहरुले चिकित्सकमाथि हुने आक्रमण बन्द गर्नुपर्ने, स्वाथ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।

गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरुले अस्पतालमा तोडफोड गरेका थिए ।

source : kathmandupati.com

You can share this post!