पुनः लकडाउन गर्न सरकारलाई विज्ञको सुझाव

काठमाण्डु – विज्ञहरुले सरकारलाई फेरी लकडाउन गर्न सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण भयावह हुने चेतावनी दिँदै पुनः लकडाउन गर्न सुझाव दिएका हुन् ।

उनीहरुले लकडाउन गरेर कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् ।

विज्ञहरुले अहिलेको अवस्था कायम रहे कोरोना भाइरस भयावह हुने चेतावनी दिएका थिए । विज्ञकाअनुसार लकडाउन चाँडै नै दुई हप्तासम्म गर्नुपर्ने अवस्था रहेको छ ।

त्यस्तै प्रधानमन्त्री अ‍ोली पनि लकडाउन गर्ने विषयमा सकारात्मक रहेका छन् । सरकारले चैत ११ गतेबाट लगाएको लकडाउन करिब ४ महिनापछि अन्त्य गरेको थियो । लकडाउन अन्त्य गरेसँगै कोरोना संक्रमितको दर पनि तिव्र गतिमा बढिरहेको छ ।

source : kathmandupati

You can share this post!