काठमाण्डु – सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा नउठाउन आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको हो ।
ओबीसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले असार २१ गते सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।
सोही रिटमा सुनुवाई गर्दै सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
source : kathmandupati