कोरोना संक्रमितको उपचारमा नजाने ३० जना चिकित्सक पक्राउ

वीरगंज – कोरोना भाइरसको महामारीमा काम नगर्ने ३० जना चिकित्सक पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्ज महानगर परिसरबाट बिहीबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी–आइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

प्रशासनले कोरोना महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो ।

नारायाणी अस्पतालका डा‍. उदय नारायण सिंहले स्वास्थ्यकर्मी काममा आउन आनाकानी गरेपछि प्रशासनलाई जानकारी दिइएको बताए ।

source : kathamandupati

You can share this post!