पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिए

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ५ हजार ३२ जनामा गरिएको परीक्षणमा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ ।  आज १ सय २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हालसम्म कोरोनाभाइरसले ४९ जनाको मृत्यु भएको छ ।

You can share this post!