स्याङ्जामा १८ जना प्रहरी कोरोना संक्रमित, प्रहरी कार्यालय सील

स्याङ्जा – स्याङ्जामा १८ जना प्रहरी कोरोना भाइरबाट संक्रमित भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय सील गरिएको छ ।

साथै कास्कीमा २ र लमजुङमा २ जना कोरोना संक्रमित थपिएका छन् । आज मात्रै गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३९९ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ ।


source: kathmandupati

You can share this post!