खासाको केरुङ च्छो ताल भरियो, भोटेकोशी किनारका नागरिकमा त्रास

५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउने समितिलाई निर्देशन  दिएको हो ।

प्रशासनले सोमबार सूचना जारी गर्दै पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आई नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै सतर्क रहन सचेत गराएको हो ।

ताल फुटे सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुग्ने भन्दै प्रशासनले पूर्वतयारीमा लाग्न सूचना जारी गरेको छ ।



source : onlinekhabar

You can share this post!