२०७७ साउन ४।
काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो ।
११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार ४ सय ६४ अंकमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ६९.९१ अंकले बढेकाे छ ।
आइतबार कारोबार खुलेको ६ मिनेट नबित्दै पहिलाे सर्किट लागेर काराेबार २० मिनेटकाे लागि बन्द भएकाे थियाे । त्यसपछि पुनः सर्किट लागेर अब ४० मिनेटकाे लागि सेयर काराेबार स्थगित भएकाे छ ।
यो अवधिमा सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । जीवन बीमा ३४० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा १३३, उत्पादनमूलक १२३, माइक्रोफाइनान्स ८० र बैंकिङ ७९ अंकले बढेको छ । सो दिन कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।
Source: bikashnews.com