शेयर बजारको बम्पर ओपनिङ, ६ मिनेटमै ४% को सर्किट ब्रेक, २० मिनेटलाई कारोबार रोकियो

काठमाडौं। आइतबार शेयर कारोबार सुरु भएको ६ मिनेट मै सकारात्मक सर्किट लागेको छ ।

आज बजार ११ बजेर ६ मिनेटमै ४.०५ प्रतिशत अर्थात ५६.४४ अंकले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो ।

यस सँगै शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।

स्थगित हुनु अघिसम्म ८१ कम्पनीका ३ करोड ६९ लाख ८५ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । 

कारोबारमा आएका ७ वटा कम्पनीको सेयर मुल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।  

Source: bizmandu.com

You can share this post!