स्थानिय सरकारका वेथिति विरूद्द जुट्दैछन रामाराेशनी युवा

अछाम – अछामकाे रामाराेशन गाउँपालिकामा स्थानिय सरकारकाे वेथिति विरूद्द युवाहरू एकजुट हुन थालेका छन्र ।

जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नं ३ स्थित पसेला टाेलमा एक हप्ता अगाडी पसेला युवा सराेकार अभियान नामक समुह मार्फत् अभियानकाे थालनि गरेका युवायुवतीहरू यतिखेर पुनः साे अभियानमा जाेडिएका छन । गाउँपालिकाकै वडा नं २ मा वडा स्तरिय चाफामाडाै युवा सराेकार अभियान समिति गठन गरेकाे चाफामाडाै युवा सराेकार अभियान का अध्यक्ष दिर्घ रावलले जानकारी दिएका छन ।

वडा स्तरिय चाफामाडाै युवा सराेकार अभियानकाे अध्यक्षमा दिर्घ रावल र सचिवमा रेबन्त बिश्वकर्मा रहेका छन भने उक्त अभियानमा वडा नं २ चाफामाडाैका करिब ३० जना युवायुवतीहरू अावद्द भएका छन । रामाराेशन गाउँपालिका सरकारले सरकार गठन भएयता ३ बर्ष सम्म पनि जनताका अाधारभूत समस्या पनि समाधान नगरेकाे र भ्रष्टचारलाइ संस्थागत गर्न तिर गाउँपालिका सरकार उन्मुख भएका कारण अाफुहरू बाध्य भएर स्थानिय सरकारकाे बेथिति विरूद्द एकजुट हुनु परेकाे अध्यक्ष रावलले जानकारी दिएका छन ।

अागामी दिनमा स्थानिय सरकारका हरेक काम कार्वाहीकाे कडा निग्रानी गर्ने समेत उनले जानकारी गराए ।

You can share this post!