सुदूरपश्चिममा नयाँ संक्रमितको संख्या एक अंकमा झर्‍यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको दैनिक सङ्क्रमण घट्ने क्रम जारी रहेको छ। एक सातायता प्रदेशमा दैनिक संक्रमण घटन सुरु भएकोमा शनिबार सम्म सो क्रम जारी रहेको पाईएको छ।

शनिबार पनि सुदूरपश्चिममा तीन जनामा मात्रै कोरोना पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेतीको प्रयोगशाला मार्फत शनिबार दुई सय ९० जनाको कोरोना परीक्षण भएकोमा तीन जनाको रिर्पोट मात्र पोजेटिभ आएको हो। यसअघि शुक्रबार पनि प्रदेशमा पाँच जनामा कोरोना पुष्टि भएको थियो।

शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका एक र अछामका एक पुरुष, काठमाडौँमा भएको परीक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परीक्षणमा बाजुराका एक जनामा कोरोना पुष्टि भएको थियो।

यसअघि दैनिक बढिमा तीन अंकमा कोरोना संक्रमित भेटिरहेका सुदूरपश्चिममा पछिल्लो समय त्यो संख्या एक अंकमा झरेको हो। यसअघि  प्रदेशमा सबैभन्दा बढि एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा शनिबार सम्म संक्रमितको संख्या तीन हजार नौँ सय १४ पुगेको छ।

८ जना संक्रमितको मृत्यु भएको छ। यस्तै सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट घर पठाईएको छ।

यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।

कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका ८० जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ।

source : dineshkhabar

You can share this post!