लकडाउनमा शुल्क उठाउने विद्यालयलाई कारवाही गर्ने क्रान्तिकारीको चेतावनी

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) प्याब्सन र एनप्याब्सनले गरेको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गरेको छ । सो संगठनको सेतीमहाकाली क्षेत्रीय समन्यव समितिले शुल्क नतिर्न अभिभावकहरुमा अपिल गरेको छ । सो संगठनले निजि शिक्षण संस्थाका गतिविधिहरु र शिक्षा क्षेत्रसँग जोडिएका विषयहरुमा गम्भीर बन्न सेतीमहाकालीका ९ जिल्लाका संबंधित निकायलाई सचेत गराएको छ ।

कोरोनाको बढ्दो संक्रमणले सारा नेपाली जनता आक्रान्त भएको यस्तो परिस्थितिमा सम्पुर्ण शिक्षण संस्थाहरु बन्द रहेका र गैरजिम्मेवार राज्यले कोरोना महामारीको बेला र आगामी दिनहरूमा शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने विषयमा स्पष्ट खाका प्रस्तुत गर्न नसकेको अवस्थामा शुल्क उठाउनु गलत भएको सो संगठनको ठहर रहेको छ । संयोजक विरेन्द्र शाहद्धारा आज जारी गिरिएको विज्ञप्ति मार्फत् यस्तो चेतावनी दिइएको हो ।
सो संठनले संघर्षका कार्यक्रमपनि सार्वजनिक गरेको छ ।

कार्यक्रम अन्तरगत १९ गते ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने, सरोकारवला निकायसँग अनलाइन माध्यमबाट २१ गते अन्तरक्रिया गर्ने, भर्ना हुन र शुल्क तिर्न दबाब दिने विद्यालयलाई चेतावनी पत्र पठाउने र अटेर गरे आवश्यक कार्वाही गर्ने रहेका छन् ।

You can share this post!