लकडाउनमा थप कडाई, साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले साउन ७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आंशिक रुपमा खुलेको लकडाउन थप कडाई गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द राख्ने निर्णय गरेको छ ।

लकडाउन केही खुकुलो भएपछि सर्वसाधारणको अस्वभाविक भिडभाड बढेपछि सरकारले थप कडाई गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

नेपालमा पछिल्ले समय कोरोना संक्रमित बढिरहेका बेला लकडाउन भने खुकुलो बनाइएको थियो ।

source : kathmandupati

You can share this post!