एमसीसी खारेज गराैं

तुफान सिंह कालिकोटे

देशलाई अफगानिस्थान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाउ । आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कम्जोर हुनेछौ । स्वतन्त्रताको लडाइ लड्न हजारौं बर्ष लाग्ने छ । त्यो भन्दा पहिला नै यो एमसीसी सम्झौता खारेज गराैं । स्वाधीन र स्वतन्त्र नेपाल जोगाउन एक एक ढिक्का बनाैं । देशको संविधान भन्दा माथि रहने एमसीसी सन्धि हाम्रो नेताहरुलाई किन चाहिएको छ ? नेपाललाई विदेशीले दिएको अनुदानले कहाँ विकास गरेका छौ ? के के फाइदा भयो ? एनजिओ आइएनजिओको नामा आउने अरबाैं डलर कहाँ कहाँ खर्च भयो ? क-कसले खाए ? टनकपुर,महाकाली लगायतका तमाम सन्धि सम्झौताबाट नेपालले कहाँ के विकास गर्‍यो ? कहाँ के क्षति भोग्नु पर्यो ।

पुरानो सन्धि सम्झौताको समिक्षा बिना नै फ़ेरि आर्को सन्धि सम्झौता गर्न किन हतार गरेका छौ ? समाजवाद उन्मुख गणतन्त्र भनेको यहीँ हो ? विदेशी संन्धी सम्झौतालाई नेपालको सविधान भन्दा माथि राख्न सक्ने समाजवाद कहाँको मोडेल हो ? आफ्नै उत्पादन र आयस्रोत प्रयोग गरेर आत्म निर्भरता हासिल गर्ने समाजवाद कहाँबाट खोज्नुपर्ने हो ? सबै राजनीतिक नेतृत्व र सरकारले पहिल्यै भए गरेका सन्धि सम्झौताको जबाफ दिन सक्छन् कि सक्दैनन् ? विश्वका अधिकांश मुलुकहरु जहाँ अमेरिकी सहयोग प्राप्त भएको छ त्यहाँका वर्तमान राष्ट्र प्रमुख तथा जनताहरु उत्पीडित,अपमानित,अपहेलित नभएको ठाँउ बिरलै पाइएला । यसको पछिल्लो ज्वलन्त उदाहरण हो इरानका सैन्य प्रमुख माथि गरिएको कायरता पुर्वक हत्या हो । अमेरिककाले विश्वभरी आफ्नो साम्राज्यवादी दादागिरी बढाउन गरिब राष्ट्रलाई विभिन्न प्रलोभनमा पारेर देशको कानुन र संविधान भन्दा माथिबाट दिने सयोगले हाम्रो जस्तो सानो देशले कति ठुलो क्षति भोग्नु पर्ला ? के हाम्रो देशका नेतृत्वले सोचेका छन् ? सानो लोभले हाम्रो राष्ट्रको वहुमुल्य सम्पदामाथी अमेरिकाले हस्तक्षेप गर्नेछ । दुनियाँमा त्यहीँ गरिरहेको छ ।

अनि हामी बुझ्न किन चुकेका छौ ? विदेशीको अनुदानले दुई चार जनाले खल्ती भरेर दुई तिन पुस्तालाई पुग्ने सम्पत्ति जोड्न सक्छन् । तर देश झन्डै गरिब मात्र होइन बिदेशी दासता बढ्ने छ । सक्छौं भन्ने भ्रष्टाचार र कमिसन खानेलाई खुल्ला मन्च र टुडिखेलमा लगेर आगो लगाएर खरानी बनाउने आट गराैं । रास्ट्रपति देखी सबै तिन करोडौं जनताको सम्पत्ति छानबिन गराैं । अमेरिकाले दिने अनुदानको दोब्बर पैसा दुई – तिन महिना मै यहीँ हाम्रो भुमि,हाम्रो माटोमा फलाउन सक्नेछौ । विदेशीको अनुदानले कुन देश बनेको इतिहास छ ? भ्रष्टाचारीलाई गोलि ठोक्ने कानुन बनाउनु होस् । कमिसन खोरलाई आगो लगाउने आदेश जारी गर्नुस् र हेर्नुस् देश बन्न दुई बर्ष लाग्दैन । काम कुरा एकातिर छ । समस्या भ्रष्टाचार र कमिसनमा छ भन्ने फ़ेरि त्यहीँ भ्रष्ट रमाउने अनुदान नेपाली जनतालाई मान्य हुन सक्दैन । नेपाली जनताले समय मै अनुरोध गरिरहेका छन् ! हामीलाई एमसीसी चाहिदैन भनेर । एमसिसी मार्फत स्वाधीन नेपाललाई अमेरिकालाई सुम्पिने महाभुल नेपाली जनताले गर्न दिने छैनन् । कालो पर्दा भित्रबाट राष्ट्रको मोलमोलाई गर्ने छुट कसैलाई हुनेछैन । #खबरदारी गर्दै एमसीसी खारेज गराैं ।

You can share this post!