छुवाछुत संघर्ष र दलित आन्दोलन

दिपु चौधरी

म लाखौं जनताको आवाज बोल्ने सपना देख्छु । ति पीडित र अन्यायको रेखामूनि बाँचिरहेको मानिसहरुको बारेमा लेख्ने प्रयास गरिरहेको छु । तर, पीडितका आवाज बोल्न र अन्यायमा परेकाहरुको कथा कतिसम्म लेख्न सक्छु ? त्यसको मूल्याङ्कन पाठक वर्गकै हातमा छ । म त्यस्तो मानिसहरुको आवाज लेख्न चाहन्छु, जो जातीय छुवाछुतले गर्दा हजारौं वर्षदेखि अछुत भएर बाँचीरहेका छन् । म त्यस्तो कथा लेख्न चाहन्छु, जसको मनमा जातीय पीडाका पहाडहरु उभिएका छन् । मेरो मनमा यस्ता धेरै प्रश्नहरु छन् । जुन तपाईंहरुको मनमा पनि चलिरहेका होलान ्। आज यस पंतिकारले यिनै विषयमा सकेसम्म प्रष्ट्याउने कोसिस गर्नेछ ।

विषय प्रवेश

सर्वप्रथम छुवाछुतको बारेमा कुरा गरौं । मेरो अध्ययनअनुसार छुवाछुतको सुरुवात हिन्दुधर्मको मनुस्मृतीको जात व्यवस्थाभन्दा पहिला नै सुरु भैसकेको थिया े। त्यो बेला छुवाछुत भन्ने शब्द प्रयोग नगरे पनि समाज ढुङ्गे युगमा मानिस र जनावरबीच छुवाछुत थियो । त्यसपछि दास युगको समाजले आफ्नो रुपरेखा को¥यो र त्यहाँ हजारौं दासहरुलाई छुवाछुतको सिकार बनाइयो । समाज परिर्वतनशिल छ । समाज त्यँही रोकिएन । त्यसपछि समाज सामन्तवादमा प्रवेश ग¥यो । यहाँ भूमिपति र भूमिहिन बीच छुवाछुतले आफ्नो जग बसायो । विस्तारै समाज पूँजिवादको नयाँ श्रृङखलामा प्रवेश ग¥यो । त्यहाँ धनि र गरिब बीच छुवाछुतले आफ्नो भ्रुण जन्मायो । अहिले समाज साम्राज्यवाद तिर विकसित हुदैछ । कमजोर र बलवानबीचको दुरीको रुपमा छुवाछुत आफ्नो जरा मौलाई राखेको छ । यो त थियो समाजको विकासक्रमसँगै विश्वको छुवाछुत तथा विभेदको जन्म ।

अब कुरा गरौं हाम्रो समाजको । हाम्रो समाजमा रहेको जात व्यवस्थाको, सनातन धर्मभित्रको स्मृतिमा रहेको मनुस्मृतिको जात व्यवस्थाको । अहिलेभन्दा हजारौं वर्ष अगाडी मनुले जुन समाजको रुपरेखा तयार पारे त्यो भित्र थर व्यवस्था, नेक (भेट (दाईजो व्यवस्था, सति व्यवस्था आदि इत्यादि थिए । यि कुप्रथाहरु समाजमा समय अनुसार परिर्वन हुँदैगए । यसको गलत तात्पर्य र अर्थ लगाउँदै गए । “मैले यसो भनिरहँदा मनुस्मृति सहि हो भन्न खोजेको होइन । म सधै यो अधार्मीक पुस्तक हो नै भनेर मत राख्छु र राख्नेछु । तर, त्यहाँ जात व्यवस्थामा भनिएको कुरालाई नजरअन्दाज पनि गर्नु गलत हुनेछ । त्यहाँ लेखिएको छ, ‘मानिस जन्मले होइन कर्मले ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुनेछ ।’ तर, हालका कथित बुद्धीजिवि, ब्राह्मणवादीहरुले यसको गलत अर्थ बुझेर वा जानिजानि गलत अर्थ लगाएर यसलाई जात व्यवस्थामा रुपान्तरित गरिदिए । जसको कारणले आज समाज छुवाछुत जस्तो घृणित कुप्रथाबाट जकडिएर बाँच्न बाध्य छ । जसका सिकार महाभारतका कर्णदेखि हाल नवराज विकसम्म हुनु प¥यो ।

थर व्यवस्था झन् जात व्यवस्थाभन्दा पनि जटिल कुप्रथाको रुपमा रहेको छ । नेपालको सन्दर्भमा उपाध्याय बाहुन थरले जोशी बाहुन थरलाई छुवाछुत गर्छन् । बिष्ट क्षेत्री थरले नेगी क्षेत्री थरलाई छुवाछुत गर्छन् । बैश्य कपाली बैश्य थरले सुनरी बैश्य थरलाई छुवाछुत गर्छन् भने सबैभन्दा खतरनाक विभेद शुद्र थरभित्र छ । विश्वकर्मा थरले दमाई थरलाई, दमाई थरले वादी थरलाई, बादी थरले भाड थरलाई छुवाछुत गर्छन् । बाहुन, क्षेत्री र बैश्य यि तिनैले समाजमा शुद्र थरकालाई नै छुवाछुत गर्छन ्। त्यहि भएर सबैभन्दा बढि छुवाछुत पीडित शुद्र थर नै हो, यस्मा कुनै दुई मत छैन । तर, मेरो प्रश्न यहाँनेर छ, जसले अरुबाट छुवाछुत भएको महसुस गर्छ, उसैले भाड थरमाथि वा आफ्नै जाती भित्रका अन्य थरीलाई छुवाछुत गर्छन्, तिनीहरु कुन जात व्यवस्था भित्र पर्छन् ? यो कस्तो खालको विभेद हो ? यसले वर्षौदेखि दिइरहेको सन्देशको अर्थ के हो ? यसका बारेमा नयाँ सोच, चेतना र विचारको कोणबाट हेर्न ढिला भएन र ?

दलित आन्दोलनप्रतिको मेरो धारणा

अब कुरा गरौं दलित आन्दोलनको । सर्वप्रथम म यो दलित शब्दलाई नै मान्दिन । केही अधिकार्मीहरु दलित शब्दलाई आन्दोलनबाट स्थापित शब्दका रुपमा पनि ब्याख्या गर्नुहुन्छ । मेरो यसमा सहमति छैन । समाजमा जुन तरिकाले छुवाछुत पीडितहरुले दलित शब्द प्रयोग गरेर एकजुट हुँदैछन् त्यसमा मेरो आपत्ती छैन । तर, यसो भनिरहँदा दलित आन्दोलन सहि दिशामा गइरहेको छ भनेर म कदापि भन्दिन । मेरो पहिलो लेख ‘समाजभित्र म र दलित’ शीर्षकमा दलित शब्दको उत्पत्ति र यसको प्रयोगका बारेमा व्याख्या गरेको थिए । मैले त्यही कुरा यस लेखमा दोहो¥याईन । ‘दलित आन्दोलन गलत छ । गलत भनेर भन्नु मात्रै उपाए होइन । यसमा मेरा केही फरक मत र बुझाइ छन् । मेरो विचार प्रस्टयाउनु जरुरी हुन्छ । हाम्रो विश्व समुदाय वा समाजमा समय समयमा विभिन्न क्रान्ति, युद्ध, आन्दोलन भैरहन्छन् । यहाँ के भन्न चाहान्छु भने दलित आन्दोलनले समाज थर व्यवस्था भन्दा पनि झन् जटिल वर्ग व्यवस्थामा जादैछ । जसले गर्दा हिजोका दिनमा शुद्र भनेर छुवाछुत गरिन्थ्यो, त्यसको नयाँरुप थर व्यवस्थामा आयो । जुन हाम्रा पुर्खाहरुदेखि हामीसम्म भोगदै छौं । तर, अब छुवाछुतको नयाँ रुप सिर्जना भैसकेको छ । त्यो पनि हाम्रै लागि लड्नेहरुले गरेका हुन् । जुन हो दलितवर्ग व्यवस्था । अबका दिनमा नयाँ पुस्ताले विक, दमाई, कामी भनेर छुवाछुत नगर्ला । तर, दलित भनेर अवश्य गर्नेछन् । यो कुरा सबैले बुझ्न जरुरी छ ।’

यि मध्ये भारतको असफल दलित आन्दोलन पनि एक हो । त्यो असफल हुनुमा मुख्य कुरा त्यहाँ केवल मनुस्मृतिले निम्त्याएको जात व्यवस्थासँग मात्र युद्ध गर्नु थियो । जबकी जात व्यवस्था त्यो भन्दा पनि जटिल थर व्यवस्थामा पुगिसकेको थियो । यदि यो कुरा समयमै हाम्रो पुस्ताले मनन् नगर्ने हो भने अन्यायमा परेको वर्ग अझैं हजारौं वर्षसम्म पनि जातीय विभेदको भूमरीमा परिरहने छ । जातीय विभेदका विरुद्धमा आन्दोलनहरु भइरहनेछन् । यहाँ के भन्न चाहान्छु भने दलित आन्दोलनले समाज थर व्यवस्थाभन्दा पनि झन् जटिल वर्ग व्यवस्थामा जादैछ । जसले गर्दा हिजोका दिनमा शुद्र भनेर छुवाछुत गरिन्थ्यो, त्यसको नयाँ रुप थर व्यवस्थामा आयो । जुन हाम्रा पुर्खाहरुदेखि हामीसम्म भोग्दै छौं । तर, अब छुवाछुतको नयाँ रुप सिर्जना भैसकेको छ । त्यो पनि हाम्रै लागि लड्नेहरुले गरेका हुन् । जुन हो दलितवर्ग व्यवस्था । अबका दिनमा नयाँ पुस्ताले विक, दमाई, कामी भनेर छुवाछुत नगर्ला । तर, दलित भनेर अवश्य गर्नेछन् । यो कुरा सबैले बुझ्न जरुरी छ ।

मैले यस्तो भनिरहँदा मलाई दलित आन्दोलन भाड्ने, विध्वसंकारी, दलित बिरोधि, डलरवादी आदि इत्यादीले सम्बोधन गरिएला । तर, दलित शब्दभन्दा मलाई विध्वसंकारी नै ठिक छ । किन भने म विध्वसंकारी होइन भनेर प्रमाणीत गर्न सक्छु । तर, मान्छेको जात मान्छे बाहेक अर्को कुनै दलित या गरै दलित हुन्छ भन्ने कुरा प्रमाणित गर्न सक्दिन । तपाईले म अछुत होइन भनेर मनुस्मृतिले जकडिएको समाजमा कसरी प्रमाणित गर्नु हुन्छ ? यसलाई दलित भन्ने नयाँ शब्द दिएर ? यो कुरा सम्भव छैन । वैज्ञानिक छैन । यसरी नै सम्भव थियो भने भारतमा दलित आन्दोलन, नेपालमा पटक पटक २००७, २०४७ को जनआन्दोलन, १० वर्षे जनयुद्ध, २०६२ र ०६३ को जनआन्दोलनले हटाई सक्थ्यो । तर, हामी आफै गलत मार्गतिर डोरिदैछौं, कसरी सम्भव हुन्छ ?

सतिप्रथाको स्मरण

सतिप्रथाको स्मरण गरौं । कुनै बेला हाम्रै देशमा सतिप्रथा थियो । पुरुष मर्दा महिलाहरुले आत्मदाह गर्नुपर्ने हुन्थ्यो । त्यो प्रथा त छुवाछुत मात्रै थिएन, महाअपराध थियो । महिलाले बाँच्न पाउने अधिकार गुमाउनु पथ्र्यो । जीवन समाप्त पार्नु पथ्र्यो । छुवाछुत जस्तै समाजमा जरा गाडेर बसेको कुप्रथा थियो । यसको कारणले हजारौं वर्षदेखि महिलाहरुले चरम पिडा खेप्नु परेको थियो । यसको निर्मुलिकरण गर्न त्यो बेलामा स्वयं महिलाहरुले आन्दोलन गरेको भए, सबै महिलाहरु एक ठाउँमा आएर केवल संविधानमा सतिमुक्त देश घोषणा गर्न माग गरेका भए, मानौं जसका ५ ओटा श्रीमति छन् त्यहाँ पति मर्यो भने जेठी र कान्छी मात्रै सति जाने व्यवस्था हुनु प¥यो भन्ने खालका माग गरेका भए त्यो प्रथा हटाउन सम्भव थियो त ? अमानवीयताको पराकाष्टाका रुपमा रहेको तात्कालिन सति कुप्रथा निर्मलु हुन्थ्यो ?

यस्ता खालका आन्दोलनले अन्तीम विन्दु भेटाउँदैन् । सतही कुराहरुको आधारमा गरिने आन्दोलनले सफलता प्राप्त गर्दैनन् । यस्ता हल्का कुराहरु बोकेर त्यतिबेलाका महिलाहरुले मुक्ति आन्दोलन गरेकी हुन्थिन भने त्यसलाई बढावा दिनु बाहेक केही हुन्थेन । त्यसरी सति कुप्रथा हटाउन सम्भव पनि थिएन । किन कि छुवाछुत कुप्रथा जस्तै सति कुप्रथा पनि धर्मसँग जोडिएर आएको कुरिति थियो । जब यसलाई भारतमा समाज सुधारकहरुले ठूलो त्याग तपस्या र बलिदानी पूर्वक कुप्रथा सन् १८२९ मा रोकियो । यहाँ नेर एउटा गम्भीर प्रसँगलाई स्मरण गरौं । नेपालमा सति कुप्रथालाई हटाउन पहिलो प्रयास जंगबहादुर राणाले गरेका थिए । त्यसपछि प्रधानमन्त्री वीर शमशेरले सन् (१८८५ देखि १९०१) अवधिमा उक्तप्रथा सम्बन्धि कानूनमा संशोधन गरेको इतिहास छ । जंगबहादुर र वीर शमशेरले प्रयास गरेको तर, प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९२०, जुलाई ८ मा आफ्नो ५८औं जन्मदिनमा सति कुप्रथाको अन्त्य गर्ने कडा कानून घोषणा गरेपछि त्यो कुप्रथालाई समाजबाट उखेलेर फाल्ने काम भयो ।


सति शब्द आज एकादेशको कथा जस्तो भएको छ । एकादेशको कथा मात्रै बनेन उक्त कुप्रथामाथि फिल्मसम्म बनेका छन् । जसरी सतिप्रथालाई हटाउन सम्भव भयो । त्यसरी नै जातीय छुवाछुत हटाउन सम्भव छ । हामी सबैले एउटै स्वरमा भन्नुपर्छ, ‘हामी सबै मानिस हौं । जातले हामीलाई केही दिँदैन । हाम्रो कर्मले अस्तित्व निर्धारण गर्छ । पीडितहरुले नयाँ थर जोडेर लड्ने होइनकी यसलाई समाजबाटै बहिष्कार गराउने हो ।’ यो कुरा कित छुवाछुत पीडितहरुले नबुझेका हुन्, कि जानिजानि राजनीतिक पद, सत्तामा पुग्नेलोभले खेल खेलीरहेका छन् । यसो भनिरहँदा अन्यायमा परेकाहरुलाई न्याय नै नमिलोस् भन्न खोजिएको होईन ।

अन्त्यमा,

जाति व्यवस्थाभन्दा पनि थर व्यवस्थाले हाम्रो भविष्य यहि छुवाछुतमा वित्न लागि सक्यो । तर, आउने पुस्ताले हाम्रो कुधर्म कुरितिले राखेको नामको पछाडिको शब्द हटाउनुको सट्टामा झन् देशको संविधानले नै नयाँ ३ वटा थर (शुद्र, दमाई, दलित) भिराएर बाँच्न बाध्य पारेको छ ।

हाम्रा अग्रजहरुले यहि कुरालाई किन बढावा दिदैँछन् ? यसरी त अझै हामी हजारौं वर्षसम्म पनि छुवाछुतको नयाँ स्वरुप (दलित) को रुपमा पीडित हुनेछौं । समयमै यसको बारेमा छुवाछुतविरुद्ध लडिरहेका अग्रजहरु र नयाँ पुस्ताले नसोच्ने हो भने हामीले लडिरहेको लडाईको कुनै अर्थ छैन । हामी गलत दिशामा डोहोरिदैछौँ । दलित शब्दलाई जात, वर्ग र चेतनाका रुपमा विकसित गराउनु झन् मुर्खता र जडता हुनेछ । यतातिर पनि ध्यान दिनुपर्छ कि ?


लेखक ग्राफिक डिजाइनर हुन्

You can share this post!