सार्वभौम

लक्ष्मण चौलागाईं

जनताको कर बाट तलब र भत्ता लिएपछी युवाको रेमिटेन्स बाट सेवा र सुविधा असुलेपछी 

जनताले बोल्न पाउने व्यवस्था आयो

लोकतन्त्र !

७७ जिल्लाका जिर्ण गाउँहरु चकमन्न भएका वास्तविकता 

गणतन्त्रको खबर चाहिँ रेडियोले पुर्याएको थियो अरे 

यसैलाई लिएर एउटा सानो कविता कोरौं कोरौं लाग्यो मान्यवर !

कविताको शीर्षक के दिउँ खै 

सायद हर पक्तिहरुले ओकल्नेछन शीर्षक 

अन्यथा नलिउँ जाउँ अब जग तिर गरौं केही उठान भरसक 

सिस्टममा चल्नुपर्ने देश हो यो  

सेटिङ्मा चलेकोले कहिलेकाही सेटिङ्का अन्धकार मुहारले एउटा  निराशा जन्माईरहेको छ 

यदि सिस्टममा चलेको थियो  देशको सुशासन भने,

आज थुप्रै विकास र समृद्धिहरु देश विकासमा जुटेका देख्न पाउने अवधी थियो यो 

तर आज लोकतन्त्र नै लोकतन्त्रदेखी बेखबर भै 

महलतिर गै छिपेर बसेको छ

अनि खप्तड राष्ट्रिय निकुन्ज ,शिवपुरी राष्ट्रिय निकुन्जका बँदेल र भालुहरु 

दुम्सी र स्यालहरु 

अनि बाघ र चितुवा र बादरहरुको बास बस्ने जंगल बनेको छ रे हाम्रो घर निरको 

त्यो निमारोको बोट भएको ठूलो पाटो 

अहिले त त्यताको बाटो एक्लै हिड्न पनि दिउदै अँध्यारो झै लाग्छ रे 

भन्दै थिए मास्ला गाउका श्याम दाजु 

हो, हिजोका ती उज्याला र सुनौला बाला भर्ने गैरी र काउले खेत 

आज बाँझै छन अरे 

बर्षादको समय कच्ची बाटोमा पहिरो गएकाले 

त्यहा चामलको खडेरी छ अरे

हिजो निर्यात गर्ने गाउको खेती 

आज आयातको निम्ति 

कहिले सडक बन्ला भनेर घोत्लिएको छ अरे

बाँदरको फौज आउँछ रे हिजो त्यो थुप्रै मकै फल्ने रछ्यानको पाटा भरी 

हो,आज मुलुक बेहोस मुद्रामा सुस्ताएको भान हुन्छ 

अरबौं खरबौंको बजेट पढ्नेहरुले आज ती मुलबाटोका वस्तीहरु तिर जान भ्याएका छैनन 

जनताको पसिना र रगतले जम्मा भएको धनलाई सेवा र सुविधामा असुल गर्नेले जनताका भरोसाहरुमा 

निराशाको अंगार दल्दिएको छ 

यसै गरि मुलुक सन्तापमा छ 

नागरिकका समस्या अधिक छन तर शासकका लागि सच्चा लोकतन्त्रले शासित जनतालाई मालिक भनेको छैन

अनि महत्वपूर्ण निर्णयमा जनताको अभिमत नखोज्ने खाले दुइतिहाई पावर 

जनताको निम्ति काउसो सावित भएको छ 

जनतालाई झुटको पल्लाले छोपेर 

षड्यन्त्रको लगन गाँठो कस्नेहरु 

राजनितीको शक्तिको भोकमा लाग्दा 

मुलुकको अवस्था कमजोर भएको सोच्नै नसक्ने गरि दक्षिणको रिमोट्मा अप्रत्यक्ष चल्दै गरेको भान 

दक्षिणमा परनिर्भर भएका आफ्ना युवा बारे सोच्दैन

त्यही अतिवाद ,मिचाहाको नंग्राले आफ्नै भूमी खियाउदा 

आफ्नै सैन्य सहयोगमा खटिएका नागरिकले लडाइँमा मर्नुपरेको खबर सुन्न विवश सार्वभौम

 खै कता र कुन कुन्जको दरवारमा लुकेको छ 

दिउसै राँको र मसाल बालेर खोज्न हिड्ने बेला नजिकिएको देखिन्छ ।।

You can share this post!