बि पि बिद्रोही
_______________________
पैतिस हजार मानिसले खाने अन्न
सलहले एक घण्टामा खाइदिन्छ
युटुब हेर्छ पुंजिबाद र काप्छ थरथर
हतार-हतार खोज्छ अमेरिकी गित,
इन्डियन गजल र युरोपियन कबिता !
बर्सेनि आउछन सलल सलल हुल बाधेर
सलह किराहरु !
किसानलाई भन्दा ज्यादा भोक पुँजिबादलाई लाग्छ
किसानलाई भन्दा धेरैले डर पुँजिबादलाई लाग्छ
यी सलहहरु नयाँ पटक्कै होइनन्
सलह किसानका आफ्नै साथी हुन
किसानहरु खरबौं खरब सलहहरुलाइ पाल्छन
मुसा , कमिला, राते किराहरुलाइ पाल्छन ।
किसानहरुलाई सलहको भन्दा बढी चिन्ता छ
दलाल किरा ,माफिया किरा, भ्रस्टचारी किरा-
र देश बेचुवा किरासग
जस्ले अन्न मात्र होइन
किसाननहरुका सपनाहरू समेत खाइदिन्छन।
एउटा फटयांग्रो समात्छ र ट्विट गर्छ पुंजिबाद
र भन्छ सलल पस्यो सलह गैर्हिखेतमा !
किसानलाई गैर्हिखेतमा पसेको अफ्रिकी सलह भन्दा
सिहदरबार भित्र छिरेको अमेरिकी सलहसंग धेरै डर छ
अफ्रिकी सलहले मात्र बाली खान्छ
अमेरिकी सलहले पुरै देश खान्छ।
कोरोना डरले दुलो भित्र पसेको पुंजिबाद
थोरै मुन्टो निकालेर भनिरहेछ
सलह किराको बिरुद्द सङकटकाल लगाउ
सङकाटकाल लगाउ
किसानहरु भनिरहेछन
सलह हाम्रै साथी हुन
पुंजिबादको बिरुद्द कर्फ्यु लगाउ।