एमसीसी सम्झाैताकाे विराेधमा अखिल क्रान्तिकारी झापाले टाँस्याे जिल्लाभर पाेस्टर

०८ असार ,झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )झापाले जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । सरकारले राष्ट्रघाति एमसिसि सम्झौता गर्न लागेको भन्दै झापाका विभिन्न क्याम्पस ,विद्यालय तथा सार्वजनिक स्थलमा राष्ट्रघाति एमसिसि विरुद्धको पोस्टर टाँस्ने काम सम्पन्न भएको जिल्ला संयोजक कुमारले बताए।

झापाको दमक,विर्तामोड ,केर्खा,कमलगाउँपालिका लगायतका दर्जन बढि स्थानमा पाेस्टरिङ गरिएको उनले बताए ।त्यस्तै झापकाे दमक मल्टिपल,माेडल कलेज,मिस्ट कलेज लगायत विभिन्न स्कुल तथा क्याम्पसमा समेत पाेस्टरिङ गरिएको छ। अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको अखिल (क्रान्तिकारी )ले जनाएको छ ।

एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

You can share this post!