कांग्रेस र जसपाको असहमतिबीच नागरिकता विधेयक प्रस्ताव बहुमतले पारित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको असहमतिकाबीच नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ ।

आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वैवाहिक अंगीकृत नागरिकले ७ वर्षपछि नागरिकता पाउने प्रस्ताव बहुमतले पारित गरेको हो । समितिबाट पारित भएको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउनेछ ।

वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक मत दर्ता गराएका छन् ।

कांग्रेस र राजपाले नागरिकता ऐन २०६३ अनुसार नै बिदेशी बुहारीलाई नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलले विवाह गरेर आएपछि अंगीकृत नागरिकता लिन पाउनुपर्ने माग राख्दै आएका छन् ।


source : kathmandupati

You can share this post!