नागरिकता विधेयक टुंगो लगाउन नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयक टुंगो लगाउन शनिबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए ।

बैठकपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष छलफल गरेर सचिवालय बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको नेकपाका संसदीय दलका उपनेता सुबवास नेम्वाङले बताए ।

source : kathmandupati

You can share this post!