एमसीसी विरूद्द नेकपा काठामाडाैले टाँस्याे गल्लिगल्लिमा पाेष्टर

काठमाण्डाैंमा एमसीसी बिरुद्ध व्यापक पाेस्टर टाँसियाे : नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार जेठ २७ र २८ गते काठमाडौंका दश नगरपालिका र एक माहानगरपालिकाका विभिन्न ठाउँहरुमा एमसीसी बिरुद्ध व्यापक पाेस्टर टाँसिएकाे छ । सम्बन्धित नगर,महानगर र जनवर्गीय संगठनका कमिटीहरु परिचालन गरि हजाराै पाेस्टर टाँस्ने काम सम्पन्न भएकाे छ ।

हाम्रो पार्टी बिगत लामाे समयदेखि नै एमसीसी बिरुद्ध चरणबद्व अान्दाेलनम रहेकाे हुनाले जनतामा जागरण ल्याउन र सम्झाैता देशकाे सार्बभौमीकता र स्वाधीनताकाे हितमा नभएकाे प्रचारप्रसार गर्न पाेस्टरिङ गरिएकाे नेकपा जिल्ला कार्यालयले जनाएकाे छ । एमसीसी बिरुद्ध पार्टीले व्यापक जनदबाब कायम गर्न हरेक जिल्लाबासीले अाफ्नाे क्षेत्रका निर्बाचित जनप्रतिनिधिलाई समेत उक्त सम्झौताकाे पक्षमा भाेट नगर्न भन्न र गरेमा जनकारबाही गर्न अाह्वान समेत गरेकाे छ । देशैभरी एमसीसी बिरुद्ध जनताकाे अान्दाेलन तिब्र भैरहेकाेले केपी सरकार हिंसात्मक दमनमा उत्रेकाे र यस्काे जवाफ पनि जनताले साेही अनुसार दिन सक्ने अाकलन गर्न थालिएकाे छ । एमसीसी पुर्णरुपमा खारेज नभएसम्म पार्टीले निरन्तर अान्दोलन गरिरहने पनि जिल्ला स्रोतले जनाएकाे छ ।

You can share this post!