सीसीएमसी पुर्नगठन,थपिए चार मन्त्री

काठमाडौं – सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो ।

समितिमा परराष्ट्र,कृषि मन्त्री, पर्यटन मन्त्री र उर्जा मन्त्रीलाई थप गरी पुनर्गठन गर्न लागिएको हो। सो समितिमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख लगायत सदस्यहरु रहेका हुन्छन्।

साथै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

source:kathmandupati.com

You can share this post!