लक्ष्मण चौलागाईं विद्रोही
थुप्रै थुप्रै राजनितीक घटनाक्रमका आन्दोलन, विद्रोहका बाबजुद मुलुकमा जनता प्रधान व्यवस्था ल्याउन नै इतिहासमा बर्बरताको सामना गर्दै योद्धाहरुले भीषण विद्रोह साथै थुप्रै बलिदानहरु भए । फलतः ५२ सालबाट सुरुवात भएको जनयुद्धले थुप्रै आन्दोलन र विद्रोहहरुको सम्बोधन गर्ने किसिमले मुलुकमा सदियौंदेखी शासन गरिरहेको राजतन्त्रको अन्त्य गरि लोकतान्त्रीक गणतन्त्रको घोषणा गर्यो । त्यहाभन्दा पहिला १९९७ सालमा भएको राणा विरोधी आन्दोलनले २००७ सालमा प्रजातन्त्र ल्यायो । प्रजातन्त्र आइसकेपछी मुलुकमा जनताको हितलाई सर्वोपरि ठान्दै स्व. श्री ५ वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गरे । प्रजतन्त्र प्राप्ती पछि मुलुकमा पन्च्यायती व्यवस्थाको क्रुर शासन विरुद्द जनताले २०४६ सालमा अर्को ठूलो आन्दोलन गरे जसले बहुदलीय व्यवस्था जनतालाई दियो । राजतन्त्र प्रधान बहुदलीय व्यवस्थाले पनि जनता सन्तुष्ट हुन नसकेकोले क्रान्तिका चरणमा माओवादीले जनयुद्ध गर्यो, त्यतिबेला मुलुकका हालका प्रधानमन्त्री लगायत तत्कालीन एमालेले माओवादी जनयुद्धलाई जनयुद्धको अवधीभर कुनै साथ,सहयोग र समर्थन नगरी राजालाई भेटी चढाउदै जंगली माओवादी, दार्हा र सिङ उम्रेका जस्ता हुन्छन भन्दै सरकारी रेडियोबाट माओवादीलाई नै नकारात्मक भावले प्रचार गर्दै गयो ।
योद्धाहरु ढल्दै गए । विक्षिप्त माओवादी भएन बरु शोकलाई शक्तिमा रुपान्तरण गर्दै बलिभेदीमा बलिदान दिदै झनै शक्तिशाली बन्दै गएको माओवादी जनयुद्धले अन्ततः १२ बुँदेमा सेफ ल्याण्डिङ गरेर सात दलको संयुक्त जन आन्दोलनलाई समेत आवध्द गरेर नारायणहिटीबाट राजपरिवारलाई नागार्जुन पठाएर मुलुकको सदियौंदेखीको राजसंस्थाको दरवारलाई म्युजियममा रुपान्तरण गरेर लोकतान्त्रिक गणतन्त्रको लिखित संविधान बनाई उहीँ बहुदलीय संसदीय भासलाई प्रधान बनाउदै जनयुद्धको दृष्टान्तलाई अन्त्य गरि हाल मुलुकमा गणतन्त्रको कम्युनिस्ट दुइतिहाई शक्ति सम्पन्न सरकार बन्यो । बर्षौंदेखी सिंहदरबार र बालुवाटारमा शासन गरिरहेको कांग्रेसलाई सत्ताको दर्शक बनाउदै यतिबेला नेपाल सरकारले सारा जनताको अधिक मतले दुइतिहाईको शक्तिशाली सरकार सिंहदरबार, बालुवाटार र स्थानीय वस्तीसम्म सन्चालित छ । अहिले मुलुकमा थुप्रै थुप्रै सरकार छ । इतिहासमा यस्तो खाले सरकार बनेकै थिएन। जो आज हाम्रो माझ छ । यहाँ कुनै पनि महत्वपूर्ण निर्णय गर्ने सहज विकल्प प्रधान सरकार छ । यसै सरकारको बारेमा केही चर्चा गरौं …..
जनताको हित र मुलुकको सर्वाङ्गीण विकास साथै राष्ट्रको सुरक्षाको खातिर नै मुलुकमा सरकार बन्छ । देश जोगाउने जिम्मेवार त्यही सरकार हुन्छ । देशको लागि के उचित के अनुचित भन्ने बारे जानकार पनि सोही सरकार नै हुन्छ । जनताले कस्तो शासन चाहन्छन त्यस्तै सेवा जनतालाई दिन नै सरकार चयन गर्दछन जनताले । हो, आज मुलुकमा सरकार छ तर त्यो सरकार जनताको मर्म र मुलुकको सर्वाङ्गीण हितको निम्ति लागेको छ त ? यदि छ भने किन निर्वाचनमा जनताका समस्याहरू एक रातमा रचना गरेर घोषणापत्र बनायो र आज सत्तामा जादा ती घोषणापत्रलाई भुल्यो ? सरकारले ! यी प्रश्नहरु साझा प्रश्न हुन । जवाफ जनताले खोजेर पनि पाउदैनन । यदि जवाफ माग्न जनता सडकमा गए भने पानीको फोहरा, अश्रु ग्यास र प्रहरीका बुट्का उत्तर पाउँछन् जनताले ! आज मुलुक कापिरहेको छ । अमेरिकी अनुदान एमसिसी लागू नगर सरकार यो हामी सबैको लागि कालकुट बीस हो भनेर सडकमा जनता उर्लिन विवश यो परिस्थितिमा सिधै प्रहरी परिचालन गरेर नागरिक कुट्ने कि सदन र संसदबाट जनतालाई सम्बोधन गरेर स्थितिलाई सामान्य बनाउने ? यो नै प्रमुख उदाहरण हो जो कि पूर्व राजा रजौटाले नचालेको कदम शक्तिशाली दुइतिहाइको उन्मादले चालिरहेको छ ।
यतिबेला जनता कमजोर र सरकार बलियो भएकै वजह राजनितिक दमन र प्रतिबन्ध गणतन्त्रले ओकलेको बमन हो । यतिबेला नागरिकका आवाज नसुन्ने खाले शक्ति सन्चय गर्दै सरकारले नागरिकलाई दमन गर्दैछ । तर आफ्नै मुलुकका जनतालाई दमन गर्ने सरकार सिमामा तैनाथ भारतीय एसबिआईलाई पानीको फोहरा,अश्रु ग्यास र प्रहरीका बुट बजार्न किन आदेश दिन सक्दैन ? कारण उ सत्ता र शक्तीको प्रेमी भएको छ भने जनताको सामु बाघ बन्ने धृष्टता गर्दैछ । तर जनता सिंह हुन यी सबै रजाईलाई एउटा स्वस्तिक छापले माइनस बनाइदिने हक भएका जनता निर्णायक हुन भन्ने सवाललाई अवसरवादले निर्वाचनमा स्मरण गर्दछ । त्यतिबेला आज भैरहेका दमनहरु एकाएक विर्सनेछन जनताले । आज भैरहेका चरम भ्रष्टाचार स्वतः र सहजै भुल्नेछन जनताले । जनता त्यतिबेला कठोर र निर्मम निर्णायक बन्न पुग्दैनम अनि हामीले नाम मात्रको सरकारको पुरस्कार पाउनुपरेको हो ।
सरकारले बुढाबुढीहरुलाई बृद्द भत्ता दिदा हाम्रो सरकार यस्तो उस्तो भनेर प्रचार गर्ने प्रवृत्तिहरुका कारण दया लाग्छ । कारण सरकारको काम भनेकै जनताको हितको निम्ति काम गर्ने हो । सिंहदरबार र बालुवाटारमा गएर फुर्तिफर्ती गर्न सरकार बनेकै हैन । हो त केवल जनहितको काम गर्न । तर यहाँ एउटा बृद्द भत्ताले दुइटा शासनकालका लागि मसला बनाइदिन्छ। यहाँ एउटा भाषणले अर्को निर्वाचन जितिदिन्छ तर भाषणका कार्यान्वयन जनताले खोज्दैन, शासनका अवस्था बारे जनताले तत्कालीन अवस्थामा सोच्दैन अनि आज एमसिसी जस्तो आत्मघाती सम्झौता गर्न तिनै मतदाता जनताका छोराछोरीले प्रहरीको लाठी पाएका हुन, अश्रु ग्यास पिउन विवश भएका हुन, प्रहरीका बुट छातीमा बजार्दा बेहोस हुन विवश भएका हुन अनि अन्धकार खोरमा अधिनायकवादले गणतन्त्र प्राप्तिका लागि आफुलाई बलिभेदीमा समर्पण गरेकाहरुलाई थुनेको हो ।
यहाँ के के गायब भए ? वाइड बडीका ४ अर्ब ३५ करोड ५६ लाख गायब भए, ७० करोडका फोन काण्ड बेखबर भए, भ्रष्टाचारका खबर छोपछाप भए, निरीह जनताका छोराछोरीहरु निर्मला पन्त, माया विक, शालिकराम पुडासैनी लगायत गणेश दाहालहरुका हत्यारा गायब भए । राजतन्त्रकालीन समय र जनयुद्धको बेला मारिएका मैना सुनुवार, निराजना कुँवरहरुका हत्याराहरु नै गायब भए । कारण सुशासनको निम्ति र न्यायका निम्ति बनेन दुइतिहाई बन्यो त केवल सत्ता र शक्तिको उन्माद प्रदर्शन गर्दै, सेवा सुविधा हसुर्दै चप्पलेको उपस्थिति महलमा पुर्याउन दुइतिहाई स्वादिलो मसला बन्यो । सरकार भनेको साझा हुनुपर्ने, सरकारको नजरमा कोहि पक्ष र कोहि विपक्ष नहुनुपर्ने, सरकारको जिम्मेवारी रात परेसी भारतवादी र उज्यालो भएसी नेपालवादी नहुनुपर्ने तर यहाँ द्वैध चरित्रको शक्ति हाजिर भयो र त देश र जनताले दुख पायो । गाउँ वस्तीमा थुप्रै अपराधहरु बढिरहेका छन । ती अपराधको न्यूनीकरण र रोकथाम तिर सरकार लागिपर्नुपर्नेमा कुनै घटना घट्यो भने त्यसैलाई राजनीतिकरण गर्ने नांगो चरित्रहरु हावी भयो । यसैले कायर दुइतिहाई जनतालाई दमनको बहादुरी देखाउदैछ । तर संसारमा दमनले कहिँपनि विजय प्राप्त गरेको छैन । दमनको अन्तिम विन्दु भनेकै पतन र समाप्ती हो ।
आज गणतन्त्रलाई कमजोर बनाउने प्रबृत्ती र तत्वकै राज्य चलेको कारण नाफामा पाएको सत्ताले गणतन्त्र प्राप्तीका लागि गरेको लगानी बिर्स्यो । आफुले सुको लगानी नगरि प्राप्त भएको व्यवस्था पतन भए पनि के भो ? भन्ने मनकै कारण आज क्वारेन्टाइनमा जनता थुनिदा यो मुलुकको महामहिमलाई दरवार सजाउन मन लाग्यो । यो मुलुकको शासकलाई विरासत चाहियो अनि जनताका छोराछोरीले आफ्नो मुलुकमा श्रमको विकल्प नपाई खाडीमा पलायन हुदा हजारौंको मृत शरीर नेपाल आउनेक्रम लक डाउनको अन्त्यमा सुरु हुदैछ । के हिजो भएका क्रान्ती र हिजो भएका जन आन्दोलन अनि हिजो इतिहासले खेप्नुपरेको सास्ती आज यहि दुर्दिन ल्याउनलाई थियो ? पक्कै पनि थिएन । हिजो सशस्त्र विद्रोहका बेला लेखिएका भित्ते लेखन आज झुटा सावित भयो । जनताले खोजेको गणतन्त्र जनताको लागि आएन तर शासकका लागि त समाजवाद खोपी खोपी र महल महलमा पुगिसक्यो । अनि हामी आम नेपाली जनताले बिभेदको राज्यले मच्चाएको दमन टुलुटुलु हेरिरहन नसक्दा हाम्रा छातीमा प्रहरीको बुटले कुल्च्यो। जनताका ढाडमा दमनले दाल दल्यो र सरकार भएर पनि नाम मात्रको भयो ।
हिजो अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्दै जनताका छोराछोरीको रगत उम्लाउने रबैया आज जिब्रो लपलपाउदै एमसिसी भन्न थाल्यो र देशको सान सगरमाथा, लुम्बिनी, जनकपुर, पशुपतीनाथ अनि हाम्रो गौरव मुलुकका विभिन्न सम्पदाहरु निकट भविष्यमा नै साम्राज्यवादले लिलाम गर्ने हो कि भन्ने खतरा एमसिसीका प्रस्तावहरुले देखाइरहेको विडम्बनाकै पराकाष्ठा आज जनताका छोराछोरी सडकमा खबरदारी गर्न हाजिर हुदा साम्राज्यवादका दासहरुको आदेशमा दमन तिब्र हुँदै गयो । हामीले चाहेका थियौं, हाम्रो सरकार देश र जनताको हित विपरित काम गर्दैन। विश्व साम्राज्यवाद संग झुक्दैन ,विस्तारवादले हाम्रो सिमा कोपर्न आउदा हाम्रै सैन्य शक्ति परिचालन गरेर नेपाल आमाको अस्मिता जोगाउन अघि बढ्छ तर विडम्बना त्यसो हुन सकेन ।