अनि बज्छ कानमा एउटा धुन

लक्ष्मण चौलागाईं विद्रोही

जनता सुरक्षीत भएनन

नारी सुरक्षित भैनन

सिमा सुरक्षा भएनन

जनचासो घट्यो

समृद्धि मास्तिर भर्दाभर्दै

जनता दुब्लायो

न्यायले पनि सलामी पाएन

जनले पनि न्याय पाएनन

जल्नै नपाएका मैनाका अस्थिपन्जरहरु

DNA चेक नगरिएका

योद्दाका अस्थिपन्जरहरु

निरजलाका अवोध बालापन चुँडिएर

निसास्सिएका आवाजहरु

न्याय मृतहरुको दर्दनाक चित्कारहरु

जुरुक्क उठ्लान जस्तो

दमन विरुद्द चिहान मान्छे नै मान्छेले भरिए जस्तो

कता कता इच्छुकले कविता वाचन गर्दै गरे जस्तो

अनि यादमा धुसेनी चौरमा

जनसरकार घोषणा हुँदै गरे जस्तो

न पुलिस न सेना न त बलात्कारी त्यतिबेला

बरु त्यतिबेला योद्दाहरुले …

जनता, कमान्डर, नेता र

जनयुद्दको सुरक्षा गरेका थिए

हाल नेतृत्व तहले नै योद्दा बिर्सिए

अनि बज्छ कानमा एउटा धुन

आकाशबाट बम बर्साउ !!

जमीनबाट तोप पड्काउ !!

You can share this post!