एमसीसी सम्झाता विरूद्द नेकपा काठमाडाैकाे दर्जनाै ठाउँमा मशाल जुलुस

एमसीसी बिरुद्ध काठमाडौंमा दर्जनबढी ठाउँमा मशाल : नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला समितिले विभिन्न ठाउँमा एमसीसीकाे बिरुद्धमा पर्चा छर्नुका साथै मशाल जुलुस गरेकाे छ ।

जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने , २१ गते सम्झाैताका मतियार अाेली र देउवाकाे पुत्ला जलाउने र २२ गते पर्चा फाल्ने र मशाल जलाउने कार्यसूची अनुसार अाज काठमाण्डाैंकाे गाेकणेश्वर, नागर्जुन, चन्द्रागिरी, क्रीतिपुर , तार्केश्वोर , टाेखा, बुढानिलकण्ठ, कागेश्वरी मनाेहराकाे बाबाचाेक , दिक्षणकाली नगरपालिकाकाे राम्चेभञ्ज्याङ र सितलचाेकका साथै महानगरपालिकाका बानेश्वर, नयाबसपार्क , र सानाेभर्याङमा सम्पन्न भएकाे खबर जिल्ला कार्यालयले जनाएकाे छ ।

केपी सरकारले नेपाली कांग्रेसको समर्थनमा संसदबाट पास गर्न खाेजिरहेकाे एमसीसी सम्झाैताले नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा गम्भीर रास्ट्रघात गर्ने जस्ताे अपराधिक कार्य हुने भएकाेले मशाल जलाईएकाे हाे । लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानिय देशभक्त जनताहरुकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे नेकपा काठमाडौले जनाएकाे छ । स्रोतका अनुसार मशाल सँगै पर्चाहरु पनि फालिएकाे र रास्ट्रघाती एमसीसी सम्झाैता खारेज गर ! सम्पूर्ण देशभक्त र रास्ट्रवादीहरु एक हाैं ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरु लालसलाम ! काेराेनाकाे बाहानामा भएकाे भ्रष्टाचार र रास्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ती जिन्दावाद ! लगाएतका नाराहरु पनि लगाइएको थियाे ।

You can share this post!