एमसीसी सम्झाैता विरूद्द नेकपा सेतीमहाकाली व्युराेले थप संघर्षका कार्यक्रम घाेषणा

धनगढी नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली व्युराेले एमसीसी सम्झाैता विरूद्द थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।

सेती महाकाली व्युराे इन्चार्ज निर्माणकाे हस्ताक्षरित विज्ञप्ति मार्फत अाज संघर्षका कार्यक्रम घाेषणा गरेकाे हाे । एमसीसी सम्झाैता राष्ट्घाती र जनविराेधी रहेकाेले वली सरकारले उक्त सम्झाैतालाइ संसदबाट पारित गर्न नहुने समेत उल्लेख गरेकाे छ । अाम नागरिककाे व्यापक दबाब र हाम्राे पार्टीकाे विराेधका बावजुद उक्त सम्झाैता पारित गरिए सम्झाैताकाे पक्षमा रहने जनप्रतिनिधि, सांसद र पार्टीलाइ जनकार्वाही गर्ने पनि उक्त विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

हेराै विज्ञप्तिकाे पुर्ण पाठ

केपी ओली नेतृत्वको दलाल सामाजिक फाँसिवादी सरकारको गुलाम राष्ट्रवाद अहिले एमसिसिमा गएर पाेखिएकाे छ । कालापानीमा देखापरेको क्षणिक नक्कली राष्ट्रवाद एमसिसिमा गएर घाेप्टिएपछि दलाल केपी ओलीको गुलाम राष्ट्रवाद आम जनतामा उदाङ्गाे भएको छ । आम देशभक्त जनताका भावना विपरीत केपी नेतृत्वको दलाल सरकारले राष्ट्रिय सार्वभाैमिकताका बिरुद्धकाे अमेरिकी सैन्य परियोजना, एमसिसि ( सहस्राब्दी आर्थिक लक्ष ) सरकारको निति तथा कार्यक्रममा ल्याएर संसदबाट पास गर्न खाेज्नु निन्दनीय र खेदजनक कार्य हाे । याे नाङ्गो राष्ट्रघात हाे र जनमतको उपहास हाे । यसका बिरुद्ध हाम्रो पार्टी केन्द्रले यहीँ २०७७ जेठ १९ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम घाेषणा गरेको छ । यसलाई थप बल पुग्ने गरि सेती महाकाली ब्युराेका तर्फबाट निम्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

१) पार्टी केन्द्रले कथित एमसिसिका बिरुद्ध घाेषणा गरेका संघर्षका कार्यक्रम सेती महाकाली व्युराेमा एकाध जिल्ला बाहेक सबैमा सफलता पुर्वक सम्पन्न भएका छन् । यसलाई अझै थप शसक्त पार्न सिङ्गो पार्टी पंक्ति सक्रियता पुर्वक लाग्न र देशभक्त जनताले यसमा साथ दिन हार्दिक अपिल गर्दछौं । २) एमसिसिका पक्षमा लाग्ने र बाेल्ने सेती महाकालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा मन्त्रीहरुलाई जनकारबाही गर्ने घाेषणा गर्दछौं । यसको लागि शुरुमा उनीहरुलाई सेती महाकाली प्रवेश निशेध तथा कार्यक्षेत्र बहिष्कार कार्यक्रम राखिने छ । यसको लागि सेती महाकालीका सबै जिल्ला पार्टी कमिटीहरुले त्यस्ता राष्ट्रघाती सांसद, मन्त्री तथा जनप्रतिनिधिहरुकाे लिस्ट तयार पारी सार्वजनिक गर्न र जनताको साथमा जनकारबाहीलाई अघि बढाउन निर्देशन गर्दछौं ।

३) सात नम्बर प्रदेश सरकार र संसदलाई पनि राष्ट्रघाती एमसिसिका बिरुद्ध खडा हुन अपिल गर्दछौं । प्रदेशमा पनि एमसिसिका पक्षमा बाेल्ने र लाग्ने सांसद र मन्त्रीहरुलाई जनकारबाही गरिनेछ । साथै त्यसको पक्षमा लाग्ने संसदवादी पार्टीका नेता तथा स्थानीय जनप्रतिनिधिहरुलाई पनि जनकारबाहीकाे दायरामा ल्याइनेछ । ४) सेती महाकालीका राष्ट्रवादी जनसमुदायलाई पनि तपाईहरुले दिएको मत राष्ट्रघात गर्नमा दुरुपयोग हुन लागेकोले खबरदारी गर्न र राष्ट्रघाती जनप्रतिनिधिका बिरुद्ध संघर्षमा उत्रिन अपिल गर्दछौं । जनसमुदायलाई हाम्रो आग्रह छ, एमसिसिका पक्षमा लाग्ने सांसद मन्त्रीलाई खबरदारी गर्नुस र त्यसतालाई कार्यक्षेत्रमा बहिष्कार र निशेध गर्नुस । राष्ट्रिय सार्वभाैमिकताका पक्षमा उभिनुहाेस । ५) राष्ट्रघाती एमसिसि परियाेजनाका बिपक्षीमा रहेका सेती महाकालीका सबै पार्टी भित्रका देशभक्तहरु, मित्र शक्तिहरु, बुद्धिजीवीहरु, संघ संगठनहरू, मानवअधिकारकर्मि, सञ्चारकर्मी, नागरिक समाज, कानुनविद्हरु र जनताहरु सबैलाई संयुक्त संघर्षमा जुट्न पार्टीको तर्फबाट हार्दिक अपिल गर्छाै । क्रान्तिकारी अभिवादन !

क. निर्माण इन्चार्ज

You can share this post!