अखिल क्रान्तिकारी ललितपुरले जलायाे केपी र शेरबहादुरकाे पुत्ला

नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारी ललितपुरले विभिन्न ठाउँमा प्रधानमन्त्री केपी अाेली र कांग्रेस सभापति शेर बहादुर देउवाकाे पुत्ला जलाएकाे छ ।

जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने र २१ गते अाेली र देउवाकाे पुत्ला जलाउने कार्यसूची अनुसार अाज ललितपुर जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएकाे खबर जिल्ला संगठन समितिले जनाएकाे छ । केपी सरकारले नेपाली कांग्रेसको समर्थनमा संसदबाट पास गर्न खाेजिरहेकाे एमसीसी सम्झाैताका मुख्य मतियार यिनीहरु नै भएकाे र सम्झाैताले नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा गम्भीर रास्ट्रघात गर्ने जस्ताे अपराधिक कार्यको नेतृत्व गरेकाले उनीहरुकाे पुत्ला जलाईएकाे हाे ।

लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानिय देशभक्त जनताहरुकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे नेकपा काठमाडौले जनाएकाे छ । स्रोतका अनुसार पुत्ला दहन सँगै रास्ट्रघाती एमसीसी सम्झाैता खारेज गर ! सम्पूर्ण देशभक्त र रास्ट्रवादीहरु एक हाैं ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरु लालसलाम ! काेराेनाकाे बाहानामा भएकाे भ्रष्टाचार र रास्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ती जिन्दावाद ! लगाएतका नाराहरु पनि लगाइएको थियाे ।

You can share this post!