साम्राज्यवादी को मिश्रित अनुहार

विकल्प

प्रथमतः नेत्रित्व अर्थात अभिभावक भौतिकवादी हुनुपर्दछ, भीडमा होइन सत्यमा विश्वास गर्नुपर्दछ, द्धन्द्धवादी हुनुपर्दछ, आलोचनात्मक र क्रान्तिकारी हुनुपर्दछ र नास्तिक हुनुपर्दछ, कुनै पनि धर्म, वर्ग तथा जातको पक्ष वा विपक्षमा उभिँनुहुदैन, रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन् र हुनुपर्छ, नेत्रित्व धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन् र मान्नुहुदैन, विज्ञान र अन्वेषणमा विश्वास गर्दछन्, सांस्कृतिक रुपान्तरण बिना राजनीतिक रुपान्तरण टिक्न नसक्ने मान्यता बोक्दछन र वोक्नु पर्दछपनि एउटा असल नेत्रित्व तथा अभिभावक कस्तो हुनुपर्छ ? उसले परिवार, समाजदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीसम्म गर्ने व्यवहार कस्तो हुनुपर्छ ? धर्म, संस्कृति, परम्परा र संस्कारहरु बारे कसरी सोच्नु पर्दछ ?

चिन्तनदेखि व्यवहारसम्मका श्रृङ्खलामा उसले आफूलाई कता र कसरी उभ्याउँनुपर्छ ? भन्ने विषयमा मुलतः नेपाली राजनितिमा रहेका विकृति, विस्ंगति, कुसंस्कार, तथा अन्तरास्ट्रिय जगतको दवाव र दमन अनि नेपाली सासकको चरित्रको विषयमा यहाँ उल्लेख गरिनेछ । हामि राष्ट्रियता का कुरा गर्छौ, व्यवहारत नेपालि राजनितिमा भने यो लागू भएको देखिदैन जहाँ माक्र्स लेनिन, माओ र स्टालिन का अनुयायी हरुले वोकिरहेका छन मालेमावादि विचार तथा झण्डा ।

यहा त कम्युनिस्ट का नाममा साम्राज्यवादी दलाल पुँजीवादी ठेकेदार हरुको विगविगि छ र जनतालाई केवल नाफामुलक उपभोग्य वस्तुको रुपमा लिने गरेको हामी देख्न सक्छौ किन भने नेपालको सन्दर्भमा हरेक घटनाक्रमले के प्रस्टीकरण गर्दछ भने यिनी हरु वेलगाम डलरखेति गर्न साम्राज्यवादी को चौकिदार हुन र शक्ति तथा सत्ता कव्वा गरिरहन विस्तारवादिको पाउमुनि सम्पसार भईरहन नेपाली जनतालाई पटकपटक बडो धुर्त्याई तरिकाले रनभुल्लमा पारिरहेको हामी छर्लङ्ग देख्न सक्दछौ,

कहिले सिमानाका नाममा, कहिले जातका नाममा, कहिले हिंसाका नाममा, कहिले कमिसनका नाममा, कहिले जग्गा का नाममा, कहिले mcc का नाममा त कहिले स्वास्थ्य का नाममा, कहिले शिक्षा का नाममा, कहिले भुमि व्यवस्था का नाममा । सर्पले काचुलि फेरेझै छिन्मै जनतालाई भ्रमणमा पार्न अाफैले गरेका हरेक निर्णय छिन्मै जनताको असन्तुष्टि देखेमा मैले गरेन, संसदमा कुरा चलेकैछैन, यो नहोला जस्ता तमाम किसिमका कुतर्क गरि अाफु पन्छिनु वाहेक अरु केही जानेको छैन । किन भने यिनिहरुको नेपाल र नेपाली प्रतिको व्यवहार भनेको घाम पानि झै छर्लङ्ग छ ।

कुरा एउटा गर्ने काम अर्को गर्ने, भ्रम एउटा छर्ने, एक्सन अर्को गर्ने, बोली एउटा गर्ने व्यवहार अर्को गर्ने आफूलाई कम्युनिस्ट भन्ने, व्यवहारमा परिवर्तनकारी माथि दमन गर्ने, पार्टीको नीति समाजवाद हो भन्ने, व्यवहवारमा एकाधिकार पुँजीवादको सेवा गर्ने, भनाइमा आफूलाई सर्वहारा वर्ग तथा उत्पीडित जनताका पक्षमा भएको दाबी गर्ने, व्यवहारमा दलाल पुँजीवादको सेवामा उभ्याउने,देशमा सुशासन ल्याउने कुराको वकालत गर्ने तर व्यवहारमा नातावाद, कृपावाद, अन्याय, अत्याचार, तस्करी, घूसखोरी गर्ने, स्वाधीनताको नारा दिने तर व्यवहारमा राष्ट्रिय आत्मसमर्पण गर्ने, राष्ट्रिय सम्मानको कुरा गर्ने, व्यवहारमा साम्राज्यवादीका अगाडि लम्पसार पर्ने र देशको बेइज्जत गर्ने, उच्च प्रकारको संस्कृतिको कुरा गर्ने तर व्यवहारमा देशभित्रै जनतालाई कित्ता कित्तामा उभ्याउने, बाहिर लोकतन्त्र तर व्यवहारमा फासिवाद लागू गर्ने यिनीहरूको चरित्र बनेको छ । जसको पराकाष्ठा हामी यी चार विषय वस्तु लाई केलाउदा प्रस्टिन्छौ ।

MCC काण्ड – हाम्रो बिर गोर्खालीहरुले आर्जेको स्वतन्त्र मातृभुमी नेपाल आमा लाई अमेरिकन कुईरेहरुले आखा लगाउन थालेका छन । बिर गोर्खालीहरुको देश अब बिस्तारै अमेरिकन साम्राज्यबाद को चंगुल मा फस्न थालेको छ । कारण नेपालमा बिदेशीले बनाईदिएको सरकार छ। पश्चिमा क्रिश्चियन हरु ले खडा गरेका रअ र सिआईए का ऐजन्ट हरु नेपालमा छ्याप छ्याप्ती छन । इन्डो प्यासिफिक सैन्य रणनिति अन्तरगतको मिलिनियम च्यालेन्ज कर्पोरेसन MCC अमेरिकी साम्राज्यवादले फ्री तिब्बत आन्दोलन, बहुचीनको आन्दोलनलाई चर्काउन नेपालको सार्वभौमसत्तालाई कुल्चिँदै सैनिक परिचालन गर्न खोजिरहेको छ

भने अर्कोतिर नेपालमा भएका तमाम किसिमका धातु जन्य तत्व, युरिनियम, जडिबुटी तथा बहुमुल्य तमाम खानि हरुको पनि अनुसन्धान गर्दै उत्खनन गरि नेपाल रित्तो पार्ने र नेपालमा अमेरिकि सैन्य अखडा बनायर युद्ध रणभुमि बनाउदै छ जसले गर्दा अब नेपाल देश नै रहने वाला छैन कि भन्ने चिन्ता लाग्न थालेको छ। लगभग एमसिसि पारित भए देश नै लिबिया अफगानिस्तान ईराक श्रलंका सुडान र सिरिया कै जस्तै खरानी हुने चरणमा छ, किनभने हामी उधारण सहित पनि पस्ट्याउन के सक्दछौ भने श्रिलंकामा प्रभाकरण को हत्या र टमिल समुदायको नरसंहार:- लिबियामा गद्दापी को हत्या र जनता नरसंहार:-ईराकमा शब्द्दान हुसैन को हत्या र आम नागरिकको नरसंहार:-अफगानिस्तान बिन लादेनको हत्या र मुस्लिम नागरिक हरुको नरसंहार:- सुलेमानी हत्या र बिश्वयुद्धको संकेत यि तमाम उदाहरण एम सि सि सम्झौता पछिको विश्व सामु छर्लङ्ग देखियका घटना हरु हुन ।

सिमा काण्ड – मूलतः संसदीय दलाल पुँजीवादद्वारा दीक्षित राष्ट्रिय आत्मसमर्पणवादको विशेषता भने राष्ट्रियताको कुरा उचालेर राष्ट्रियतालाई नै सिध्याउनु हो । कहिलेकाहीँ अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसपर्मणवाद एकापसमा मिलेर राष्ट्रियताको गला रेटिरहेका हुन्छन् । दृष्टान्ततः सुगौली सन्धि, गोर्खा भर्ती, दिल्ली सम्झौता हुँदै बिप्पा सम्झौता, अपर कर्णालीलगायत सन्धि–सम्झौता काफी छन् । सन १८१६ को सुगौली सन्धि ब्रिटिसहरूसँगको युद्ध, विजय–पराजय र साम्राज्यवादी दबाबपश्चातको सम्झौताको उपज थियो ।

यसले नेपाल बृटिस साम्राज्यवादको भाडाका सैनिक उत्पादन गर्ने मुलुकमा बदलिदियो । राणाहरूले बृटिस साम्राज्यवादको दलालीका भरमा जहानियाँ शासनको भरथेग गरे । भारतीय स्वतन्त्रता सङ्ग्रामको विजयपश्चात् नेपालको जहानियाँ राणाशासनका विरुद्धको काङ्ग्रेस नेतृत्वको प्रजातान्त्रिक आन्दोलन पनि दिल्लीबाटै प्रभावित रह्यो । नेपालका प्रजातान्त्रिक आन्दोलनहरूलाई दिल्लीकरण गर्नु भारतीय साम्राज्यवादको प्राथमिकी–रणनीति हो । नेपालका तमाम आन्दोलन भारतीय राजनीतिक मिसिनरीका अभिन्न अङ्ग बन्न पुग्नुका पछाडिको कारण पनि त्यही हो । भारतले आफ्नो रणनीति विपरीत नेपालको राष्ट्रिय हितमा सञ्चालित आन्दोलन, सङ्गठन र नेतृत्वमाथि दमन, घुसपैठ र हत्याको रणनीति अवलम्बन गर्दै आएको छ । भीमदत्तको किसान विद्रोहलाई भारतीय सेनाद्वारा दमन गरी उनको हत्या गरेर किसान आन्दोलनलाई नै निमिट्यान्न पार्नु यसको ज्वलन्त उदाहरण हो ।

तत्कालीन राजा वीरेन्द्रको वंशनास, मदन भण्डारी–जीवराज आश्रितदेखि प्रेमसिंह धामी हुँदै गोविन्द गौतमको हत्या पनि त्यसैको शृङ्खला हुन् । यी तमाम सवुतहरुलाइ मध्यनजर गर्दै भ्रामक पुर्ण तरिकाले देश र जनताको रक्षा र स्वााधिनता लागि अाफु लागि परेको भनी वडो राष्ट्र भक्तिले वतप्रेत भई पटकपटक जनताका अाखामा छारो हालि अाफ्नो पद,प्रतिस्ठा र जीवन जोगाई राख्न वालुवाटार टु दिल्लि लविङ को रहस्य अब धेरैदिन टिक्ने वाला छैन । किनकि नेपाली जनताले अब सडक देखि सदनका, सेन्त्रि देखि मन्त्री सम्मको भारतिय गुप्तचर रअ का एजेन्ड कस्ले कति सुचना चुहावट गर्छ भन्ने सम्म तथ्य सहित पत्ता लगाइ सकेका छन ।

रुकुम पश्चिम काण्ड – रुकुम पस्चिम को नरसंहार घटनाको विषयमा देशको हरेक कुना कुनामा मानव अधिकार, नागरिक समाज, पत्रकार, राजनिती दलहरुले विरोधका कार्यक्रम भईरहदा, गरिरहदा विडम्बना, सत्ताको बागडोर समाल्ने नेपाली नेताहरू अर्थात संसदवादि कम्युनिस्ट कालो गणतन्त्रका मालिकहरु ‘अन्धा’ र ‘बहिरा’ बन्दै आएका छन् । अवसरवादि नेताहरू कुर्चीमा पुगेपछि जनताका आवाज न सुन्न तयार हुन्छन्, न त जनताका समस्या देख्न तयार हुन्छन् भन्ने सुनिन्थ्यो अाज अायर पुष्टि भैसकेको छ ।

सरकार सञ्चालक हरु एकपछि अर्को भ्रष्टाचार, कमिसन खोर, काण्डै काण्ड, सत्ता–लिप्सा कमाउ धन्धामै लिप्त भएको छ जातिय तथा वर्गीय मुक्ति को निम्ति दस बर्शे जनयुद्धमा सास्कृतिक क्रान्तिका खातिर रूकूम र जाजरकोट का दलित जनता ले उदाएको माअोवादि पार्टि र कर्णालिका अासालाग्दा कमरेड जनार्दन शर्मा अाज प्रतिक्रान्तिकारी धारको नयाँ गद्धार वा उपज बने जस्तै लाग्दैछन, हिजो जात, वर्ग र भुगोल नछुट्याउने उहाँ र उहाँको पार्टी अाज उनै (जसले राष्ट्र मा नेकपा को तथ पार्टी भित्र प्रभाकरको जन्म दियका छन ,हैसियत बनाईदियका छन, विलासिता को जीवन अाफुले वलिदानि गरि उहाँहरुलाई उपहार छोडि गएका छन ) लाई नै दलित हुनुकै नाताले न्यायवाट वन्चित गराउन खोज्दैछन ।

आज के भन्दै हुनुहुन्छ उहाँ र सरकार पश्चिम रूकूम र जाजरकोट मा जे भयो दलित कै कारण ले भयो । के दलित नेपाली नागरिक हैन ? के दलितलाई अधिकार चाहिदैन ? के दलित हरेक परिवर्तनको भर्याङ मात्रै हुन ? के दलितले स्वतन्त्रता पुर्वक वाच्न पाउने अधिकार छैन ? के राजनितिक अास्था राखेकै कारण पिडित ले न्याय नपाउने भन्ने हाम्रो कानुनमा उल्लेख छ ? हरेक नेपाली नागरिकको चासो र चिन्ता को विषय बनेको छ रुकुम काण्ड ।

कोरोना काण्ड –2019 को अन्त तिर चीनको हुवान सहरबाट सुरु भएको कोभिड-१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन् यो कोरोना भाइरसको संक्रमण विश्व भरि फैलियको छ WHO ले यसलाई महामारीको संज्ञा दिएको छ । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु भने रोकिएको छैन । हाल सम्म विश्व भरि मृत्यु हुनेको संख्या ३,६९,३२२ छ भने संक्रमितको संख्या ६,०३६,९४४ पुगेको छ यता नेपालमा देशको ५७ वटा जिल्लामा कोरोनाको संक्रमण देखियको छ । जसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ र संक्रमित को संख्या १५६७ पुगेकोछ विश्व पुजिवाद लाई नै काउन्टर दिनेगरि सुरु भएको कोरोना सम्भवतः दोस्रो विश्व युद्ध पछिको मानव जातिका लागि सक्तिसालि तथा अपत्यारिलो चुनौति को रुपमा देखा परेको यो महामारी पुजीवादी साम्राज्यवादि राष्ट्र समेत सोकमा डुवेका छन यतिवेला ।

तर नेपालमा भने सरकार सञ्चालक हरुलाइ खासै चिन्तार चासो परेको देखिदैन, विस्तारवादि छिमेकि राष्ट्र भारतमा पनि मोदि सरकारले विश्व जगतमा अाफ्नो छवि कायमै राख्न ढाकछोप गरेरै भएपनि पौने दुई लाख जनसंख्या मा कोरोनाको पु्टि गरेको छ । जसको सिको गर्दै नेपाल सरकारले पनि समयमै सुरक्षा का उपायहरु अपनाउन नसक्नु तथा स्वास्थ्यसम्बन्धी सामाग्री उपलव्ध गर्न नसक्दा कोरोना वाट भएको मृत्यु लाई पनि फरक समस्याका कारण मृत्यु भएको देखाउछ ।

उल्टै देश र जनताको निम्ति लागि परेको भन्दै हरेक घटनामा विभिन्न माध्यमबाट वेलगाम रकम असुलि गरि रहेको छ, तल सम्म ( स्थानीय तह सम्म) पनि यो ( भ्रस्टाचार ) सरुवा रोग वनायर चिन्तन र मनस्थिति केवल पैषा पैषा पैषा भन्ने गराएको देखिन्छ । किन भने विश्व रोगले अाकान्त वनिरहेको वेला रोगथामको सबल पक्षका वारेमा लागनु पर्नेमा जनताको अाखामा छारो हाल्न घिन लाग्दो तरिकाको कथित क्वारेन्टाइन को नाममा जनता लाइ अन्य सुविधा होस नहोस झन दिन दुई गुणा रात चौगुणा संक्रमण फैलाउने गरि भेडा बाख्रा खाधेझै जनताको स्वास्थ्य संग खेलवाड गरिरहेको हामी तमाम उदाहरण देख्न सक्छौ,

अब अन्त्यमा – अब यी तमाम चित्र तथा चरित्र ( सिमा, रुकुम, MCC र कोरोना ) को मध्यनजर गर्दै राष्ट्र र राष्ट्रियता का सवालमा निरन्तर लागि परेका राष्ट्रवादि परिवर्तनकारी शक्ति हरुले कालो गणतन्त्र का मुकुटधारि राष्ट्रवादि हरुको अति रञ्जित तथा भ्रामक तरिकाले नेपाली जनतालाई ललिपप देखाएर साम्राज्यवादी र विस्तारवादि को हरेक इसारामा तथा धुनमा अाफ्नो नृत्यनाटक विस्वको इतिहासमा कसैको गुलाम नवनेको हाम्रो सुन्दर अनि सान्त र विशाल देशमा प्रस्तुत गरि रहेको, देखाईरहेको कुराको प्रदाफास गर्न कुनैपनि कसुर वाकि नराख्न निरन्तर संघसमा रहन अपरिहार्य रहेकोछ जसका लागि अान्तरिक तथा वाह्य दुस्मन संग लड्न भिड्न र सामना गर्न परेपनि ईतिहास बोल्ने हो बलभद्र कुवर र भक्ति थापाले सात सात दिन सम्म पानी सम्म नपिइ देवथल र कालापनि युद्धमा खुकुरी ले खुट्टा छिनायको हाम्रो इतिहास छ हामी पछारि पर्ने छैनौ ।

किनभने पुजिवादि राज्यसत्ता मानवजाति माथि लादियको उत्पिडनको साधन र दुनियाको अन्तिम व्यवस्था हो” सामन्तवादी र पुजिवादि राज्य व्यवस्था भनेका सवै भन्दा जनविरोधी, राष्ट्र विरोधी, मानवजाति बिरोधि हुन्छन, पुजिवादि व्यवस्था अाजको दुनियाँ ले चाहना राख्ने राज्य व्यवस्था भन्दा निकै पछारियको दलाल पुजिवादि राज्य व्यवस्था हो जसको प्रयोग नेपाली सासकहरुले गरिरहेकाछन यी तमामराष्ट्रधातिसम्झौता, जनघाति, कदम, साम्प्रदायिक हिंसा, जनजिविकाको सवालमा स्वास्थ्य माथिको खेलवाड, शिक्षा माथिको निजि सस्था संग गरियको टेन्डर, वेलगाम डलर खेतितथा पद र प्रतिस्ठा का लागि सिमा अतिक्रमण, देश र जनताको ढुकुटी रित्तो पारि बर्सेनि ३८००० ऋण थुपारेर ल्याइयको बजेट, देश लाई नरसंहार बनाउने गरि साम्राज्यवादी का हल्कारा सावित गर्न अमेरिकि सैन्य अखडा बनाउन सदन भित्र पस्कियको अमेरिकन सैन्य रणनीति अन्तरगतको मिलिनियम च्यालेन्ज कर्पोरेसन र तमाम काण्डै काण्ड ले भरियका सासक को देखावटि राष्ट्रभक्ति तथा राष्ट्रवादको महापतन अब कसैले पनि कल्पना नगरेको स्थानमा पुगिसकेको छ ।

You can share this post!