काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन् ।
सोमबार साँझ भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–इजरायल दौत्य सम्बन्धको ६०औ बर्षगाँठको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री अोलीले द्वीपक्षीय सम्बन्धलाई थप बिस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलको प्रविधि नेपाल भित्र्याउने बारेमा कुराकानी भएको जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले इजरायलका नेपालीहरुको विषयमा पनि कुराकानी गरेका थिए । उनले कोरोना भाइरसको महामारीका कारण अफ्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न आग्रह गरेको र जवाफमा इजरायलका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको व्यवस्थापन इजरायल सरकारले गर्ने जानकारी दिएका थिए ।
‘द्वीपक्षीय सम्बन्धलाई थप बिस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलको प्रविधि नेपाल भित्र्याउने बारेमा पनि कुराकानी भयो । त्यहाँ रहेका नेपालीहरूलाई पुर्याएको सहयोगका लागि मैले उहाँलाई धन्यवाद दिएँ’, प्रधानमन्त्री अोलीले भने ।
साभार ः काठमाडाैं पाटी