एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को लागी —सो क्षेत्र बाट काठमाडौ आइ बस्नु भयका ब्यक्तिहरु बाट सकेको सहयोग गर्नु पर्छ भन्ने उदेश्य ले स्वास्थय सामाग्री पठाउने क्रममा सबै को सकारात्मक सहयोग प्राप्त भयो र केही सामाग्री समाज बाट र केही ब्यक्तिगत दाताको रूपमा सन्क्लन गरिएको थियो।यसरी ब्यक्तिगत रूपमा सहयोग गर्नु हुने दाताहरु लाई हार्दिक धन्यवाद , वहाँ हरु क्रर्मस:- समाज का आदरणीय सल्लाहकार श्री केशर बहादुर साउद ज्यु( रामारोशन-नेटाकोट)बाट ब्यक्तीगत रूपमा थर्मल गन -1थान , सल्लाहकार श्री लोकेन्द्र साउद ज्यु (भटाकाटिया) बाट सर्जिकल मास्क :- १५००थान , ग्लोबस १० प्याकेट, १०लि,सेनिटाइजर र 1थान थर्मल गन, सल्लाहकार श्री पदम राज देवकोटा ज्यु (चाफामान्डौ)बाट 1 थान थर्मल गन , सदस्य श्री अर्जुन रावल ज्यु( चाफामाण्डौ)बाट 1थान थर्मल गन र अध्यक्ष को तर्फबाट 1थान थर्मल गन प्राप्त भै सहयोग प्राप्त गरि जम्मा 8 कार्टुन स्वास्थय सामाग्री अछाम पठाइएको छ । यस पबित्र कार्य मा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि, दाताहरु र सिङ्गो कार्य समिति पदाधिकारी र रामारोशन गाउपालिका परिवार सबै मा हार्दिक धन्यवाद सहित आभार प्रकट गर्द्छु। अध्यक्ष :- मान बहादुर साउद कोटेश्वर – काठमाडौ नेपाल . मिति २०७७/०२/१९

You can share this post!