नेकपा दैलेखकाे काेराेना राेकथाम तथा नियन्त्रण विधि प्रभावकारी बनाउन सरकारलाइ चेतावनी

नेत्रविक्रम विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी दैलेखले काेराेना राेकथाम तथा नियन्त्रणमा सरकारले देखाएकाे उदासिनता प्रति अापत्ती जनाएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि साे पार्टीले विज्ञप्ति मार्फत चेतवनी दिएकाे छ ।

यस्ताे छ विज्ञप्तिकाे पुर्णपाठ

नेपालमा कोरोना माहामारी दिनप्रतिदिन वढ्दै गएको छ । आजको मितिसम्म १५६७ जना सँक्रमित भएका छन् । कोरोनाका कारणअहिले सम्म देशै भरि ८ जनाले ज्यान गुमाएका छन् । हजारौ मानिसहरु आईसोलेनसन, लाखौ मानिसहरु क्यारेन्टाईनमा छन् । पछिल्लो चरणमा कर्णाली प्रदेशमा पनि कोरोना सँक्रमण तिव्र गतिमा बढिरहेको छ । दैलेखमा कर्णाली प्रदेशका अन्य जिल्लाहरु भन्दा वढी सँक्रमित रहेका छन् । कर्णाली प्रदेशको पहिलो सँक्रमित र कोरोनावाट मृत्यु हुने पहिलो व्यक्ति पनि दैलेख जिल्लाका हुन ।

कर्णालीको पहिलो सँक्रमित युवाको सुर्खेतमा आईसोलेशनमा उपचार भईरहेको छ भने भारतवाट केहि समय अगाडि आएका दुल्लु नगरपालिका कालभैरवका एक युवाको क्यारेन्टाईनमा मृत्यु भएको छ । भारतमा रोजगारीको लागि गएकाहरु घर फर्किनेक्रम सँगै कोरोना सँक्रमण पनि वढिरहेको छ । लकडाउन र कोरोना कारण जनजीवन असाध्यै कस्टकर वनेको छ । महङी, कालावजारि र मुल्य वृदि आकाशिदै गएको छ । एकातिर कोरोनाका कारण रोजगार बिहिन हुनुपर्ने र अर्को तिर महङ्गी र मुल्य बृदिले जनतालाई पिडा थपेको छ ।

मजदुरी गरेर खाने जनताहरु भोकै मर्नु पर्ने अवस्थामा पुगेका छन् । क्यारेन्टाईनमा वस्नेहरुको खाना र सुत्ने व्यवस्था राम्रो छैन । कतिपय ठाउँमा चर्पि र पानीको अभाव भएको कुरा आएका छन् । सरसफाईमा ध्यान दिएको छैन । कोरोना सक्रमितलाई आईसोलेशनमा राख्नु पर्नेमा गोठमा राखिएका समचारहरु आएका छन् । स्वाँव परिक्षण लाई तिव्र वनाएको देखिदैन । राज्यको व्वस्थापन राम्रो नभएकाले मानिसको मृत्युपछि रोगको परिक्षण भएको छ ।

यतिबेला जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न, भारतवाट् घर फर्किनेहरुलाई फर्किने व्यवस्था मिलाउन क्यारेन्टाईनहरुलाई व्यवस्थित गर्न प्रयाप्त किटको व्यवस्था गर्न, स्वाँव परिक्षण लाई तिव्रता दिन, आईसोलेशन कक्षहरु भेन्टिलेटर सहितको व्ववस्था गराउन, महङ्गी र कालाबजारी नियन्त्रण गर्न हाम्रो पार्टी सरकारलाई गम्विर ध्यानाकर्षण गराउँदछ । यसरी एकातिर राज्यले वढाएको महङी, कालावजारी, मुल्य बृदि‌ रअर्को तिर कोरोना माहामारीवाट जनताहरु पिडित भएका छन् । कोरोनावाट मृत्यु भएका दुल्लु नगरपालिका कालभैरवका युवाप्रति हार्दिक श्रँदाञ्जली र परिवारहरुमा गहिरो समवेदना प्रकट गदर्छौ‌ ।

मृर्तक युवाको परिवारलाई क्षतिपुर्ति र राहतको व्यवस्था मिलाउन राज्यलाई ध्यानाकर्षण गराउँदछौ । कोरोनासँग प्रत्यक्ष सघर्ष गरी रहेका सम्पुर्ण सँक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ‌। कोरोना माहामारि बिरुद्को सघर्षमा रातदिन खटिनु हुने स्वास्थ्यक्रमिहरु, सुरक्षाकर्मीहरु, प्रत्रकार मित्रहरु, समाजसेवी र बुद्ीजीवी मित्रहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौ । अन्तमा जनता शँकटमा परेको बेला भ्रस्टाचार, महङी र मुल्य वढाएर लुट्ने तत्वहरुलाई खवरदारी गर्द्छौ । यो दुखको घडिमा जनताहरुलाई सचेत र धैर्य हुन अपिल गर्द्छौ ।

जिल्ला ईन्चार्ज

कमेड दिपेन्द्र नेपाल कम्युनिस्ट पार्टी दैलेख

You can share this post!