वलीकाे समाजवादले निम्त्याएकाे जातिय विभेदकाे अन्त्य गराैँ

अमुल्य राज बिश्वकर्मा

नेपालको संविधानमा उल्लेख गरिएको, बर्गबिहिन, धर्मबिहिन, जातिबिहिन, भनेर सबैबाट नेपाली जनता सुसम्पन्नता भएको छ भन्दै बामपंथी सरकार घोषणा गर्यो । अब नेपालमा सुशासन, समृद्धि आदि सबैको बिकास सम्पन्नता भैइसकेको छ । अझ जनताले पाउनु पर्ने सेवामूलक काम गरिरहेकै छौ । किन दिनको दिन टाउको दुखाउछन भनेर प्रश्न गर्नु हुन्छ माननीय प्रधानमन्त्री ज्यु ले ? नेपालमा बस्नलाई सुरक्षा छैन ! गृहमन्त्रीले भन्दै गर्नु हुन्छ ! तपाईं भित्र हुनुहुन्छ ! हामी बाहिर छौ रे ?

तपाईंहरु माथी मुस्कान सहितको सेवा हुनेछ, भन्छ, नेपाल पुलिस ? दिनका रातका सिमाका पिलर सारिदा खै नेपाली सेना ? खै ससस्त्र बल ? खै मुस्कान सहितको सेवा ? बरु ओलि सरकार अर्को जन्तु गृहमन्त्रीले नेपाली भुमिमा सिमा रक्षाका लागि नेपाली चिनो नेपाली झन्डा लिएर बाध्न जादा, लिपुलेक, लिम्पियाधुरा, कालापानी, टनकपुर, हाम्रो हो भन्दै गर्दा सयौ नेताकार्यकर्ता बिनाकारण गिरफ्तार गरियो । २००७ देखि काङ्ग्रेस सरकारमा बस्दा पनि एस्तै घटना,यसका विरुद्ध बोल्दै झापा बिद्रोहि गर्दै केपि सरकार उस्तै !

१० बर्ष जंगली बनेर आएको प्रचण्ड ओलि सरकारको पनि हाल्त अझैसम्म परिणाम बिरेन्द्र राजाको पालामा भन्दा उच्चस्तरीय बन्दै आएको देखिन्छ । प्रत्येक दिन हत्या, हिङ्सा, लुटपाट, चेलीबेटी बेचबिखन, बालबालिका बलात्कार, भेदभाव अनैतिक क्रियाकलाप आदि समस्या समाजमा हुदाहुँदै पनि सरकारको ख्याल नरहेको जानकारी पाईन्छ । जस्तैः निर्मला पन्त सुनकाण्ड, हावाबाट बिजुलीकाण्ड, वाईड बडिकाण्ड, ncell काण्ड, 4G काण्ड, बालुवाटारकाण्ड, इत्यादि थुप्रै काण्डमा मुछिएको सरकारले जनताका समस्या हल गर्दैन, देखि आइरहेको पनि छ ।

सबैभन्दा मुख्यतः जातीय भेदभाव: जन्म लिएको ठाँउ एउटै, खानेपानी एउटै, हिड्ने बाटो एउटै, खेलमैदान एउटै, पढ्ने किताब एउटै, रातो रगत, कालोकपल, अधिकाङ्श सबै एउटै, मानव मानवमा किन हुन्छ भेदभाव ? किन गरिन्छ भेदभाव ? यो संसारमा भेदभाव छुट्टाछुट्टै बनाउनेहरुको किन ? नेपालमा कम्युनिस्ट सरकार बनेको छ, खै ओलि जातीयबिहिन ? किन बाचेका छन यो धर्तीमा दलित छुट्टाउनेहरु । नबराज बि.क. र सुस्मा मल्ल विचको प्रेम सम्बन्ध के अपराधी गतिविधिमा थियो । के एउटा कामीको छोराले ठकुरिकि छोरी सङ्ग प्रेम गर्नु पाप हो ।

कामीले बनाएको सबै चल्ने, कामीहरूले छोएको पानी नचल्ने, एउटा कामीले तिम्रो बारीमा मकै रोपेको तिमिलाई चल्ने, कामिले हाल्देको घरमा तिमिहरु बस्न रुचाउने,दमाईले सिएको कपडाले तिम्रो शरीर ढाकछोप गर्नुहुने ! सार्कीले बनाएको जुत्ताले तिमिहरु स्ट्यान्डर्ड देखिने ! तर दलित केटाले प्रेम सम्बन्ध सहितको माया गर्दा ज्यान गुमाउनु पर्ने । रुकुम चौरजहारी घर भए कि सुस्मा मल्ल ठकुरी केटि, एउटा छोरा कामिको जाजरकोट भेरीनगरपालिका बस्ने रानागाउ घर भएका नवराज बि.क.लाई अन्तर जातीय प्रेमसम्बन्ध पुष्ठि भएपछी कुटपिट गरि हत्या गरियो । सरकारको तर्फबाट भेदभाव मुक्त जिल्ला घोषणा गरे ।

 जिल्लाकै प्रत्येक न.पा/गा.पा. बासि वडाहरु भेदभाव मुक्त, जिल्ला हुँदै, टोलटोलमा घोषणा गरे, यसमा मुख्य भुमिका मानबहादुर नेपाली, ओपेन्द्रलाल कामी, अझ कर्णाली प्रदेशका संसाद रातो कामी हुनुहुन्थ्यो । जुन घटना छ त्यो अमानवीय घटना हो । यो घटना राज्यको छुवाछूत मुक्त वडा, नगर र जिल्ला घोषणाको कार्यक्रम कति पाखण्ड्याइ र भ्रष्टाचारको पराकाष्ठा थियो । भन्ने सत्यतथ्य नवराज बि.क.र सुस्मा मल्लको घटनाले पुष्ठि गरिरहेको छ ।

दलित मुक्ती आन्दोलन र सबै किसिमका मुक्ति आन्दोलनको सान्दर्भिकता अनि आवश्यकता अझ बढेर गरेको कुरा पटकपटक स्थापित भएको छ । तसर्थ; जातीय छुवाछूत र भेदभाव विरुद्ध अगुवाइ गर्न दलित मुक्ती संगठनहरुमा सहयोग गर्न आम जनसमुदायहरुमा जोड्दार माग गर्दछौ । यकासयौ शदाप्दी पनि बर्गिय, जातीय, लिङ्गिय, सबै उत्पिडन, भेदभाव विरुद्ध दशौ बर्ष जनयुद्धमा होमिएको भुमि रुकुममा निन्दनीय घटना घट्नु आम रुकुमेलिजनका लागि लाजमर्दो विषय पनि हो ।

र मानव सभ्यता र बिद्र्तालाई चुनौती पनि हो । तसर्थ नवराज बि.क. र सुस्मा मल्ल बिचको प्रेम सम्बन्ध जातीय छुवाछूतका कारण घटना घटेको पुष्ठि भएको छ । घटनाको छानबिन अनुसन्धानमा राजनीतिकपहुँच र मोलमोलमोलाइ कुनै स्थान नदिई निस्पक्क्ष भरोसा योग्य गर्नका साथै दोषीलाई हदैसम्मको कार्बाहीहोस । साथै नेपाल प्रहरी सामु हाम्रो संगठनले जोडदार माग गर्द्छ ।

लेखक युवा संगठन नेपालका उपाध्यक्ष हुन

You can share this post!