जात कै कारण दलितहरु मर्नु पर्ने कहिले सम्म आखिर !

तुफान सिँह कालिकाेते

ए, कथित ब्राह्मणबादी सोच भएका हरु हो । जात कै कारण दलित हरु मर्नु पर्ने कहिले सम्म आखिर हार्दिक श्रद्धाञ्जली भाइ तिमी प्रती …. दोसिलाई हदैसम्मको कानुनी कार्बाही होस … २१ औं सताब्दीसम्म आईपुग्दा पनि यो कथित ब्रह्माण्बादी सोच कहिले सम्म रहिरहने हो ।

बिगत लामो समयबाट प्रेममा रहेका जाजरकोट भेरी नगरपालिका ४ निबासी नबराज बिक र रुकुम पश्चिमकि सुस्मा मल्ल ठकुरीले राजी खुसी बिबाह गर्ने अन्तिम निणयमा पुगेपछि उनी हरुले भागी बिबाह गर्न उक्त प्रेमिका सुस्मा मल्लले फोनगरी बोलाए पछि नबराज बिक ले आफ्नो ५-७ जना साथीहरू लिएर ।

रुकुम आएका हुन उक्त नबराज रुकुम आएको उक्त मल्ल परिवारले थाहा पाए पछि गाउँले हरुले नै उनीहरुमाथी निर्घात कुटपिट गरेका हुन । र प्रेमी नबराज बिक लाई मारेर भेरिमा फालिएको थियो र भने उनका अर्का साथी टिकाराम बिक, गणेश बुढा पनि मृत फेला परेका छ्न ।

अन्य ३ जना अहिलेसम्म बेपत्ता भएको खबर सुन्दै गर्दा फेरि हाम्रो समाज कहाँ जादै छ एस्कोबारेमा गम्भीरता पुर्बक कानुन कार्बाही गरिनु पर्छ दिनहुँ दलित माथी हुने ई जातीय छुवाछूतको घटनाले फेरि देशलाई जातीय युद्धमा लिने निश्चित छ । आखिर कहिले सम्म र कति सम्म मारिनु पर्ने जातकै कारण दलित युवाहरु दलित युवाहरूलाई कसैले मन पराउनु जगन्य अपराधनै हो त होइन भने किन मारिदै छ्न यो मेरो प्रसन हो पुर्ब खेलकुद मन्त्री दलजित त्रिपाली कामरेड प्रसान्त .र रातो कामी लाई तपाईंहरुकै गृह जिल्लामा यो दु:खद घटना भैरहदा तपाईंको सानो पनि आवाज निस्किदैन

कि थाहा नै छैन कहाँ छ्न दलित अधिकारकर्मी हरु खोइ नेपालमा बनेका कानुन र संविधान देखाउने मात्र हो … या कार्यनोयन पनि हुन्छ । दलित हरुको छातीमा बन्दुक तेर्साएर तिमीहरु सानो जात हौ तिमीहरुले छोयको पानी हामीलाई चल्दैन भन्ने मानसिक रोगी ब्राहमण बाद हरुको अन्तय हुन अती आवश्यक छ तेसैले दबिएको या दबाईएको आवाज हरु आफ्नो आफनो ठाउ बाट उठाऔ ।

एकात्मक सासन र संस्कार फेरी पनी दलीत हरु लाइ लादन खोजीदैछ एस्को सम्पूर्ण दलीत हरुले बिरोध गरौ हामी ले हिन्दू धर्म मा रहने हो भने गर्भ गर्न पाउनु पर्छ नत्र यो धर्म मानेको केही औचित्य हुने छैन । केही मानसिक रोगी हरुले फेरी पनी दलीत लाइ तेही शासन र संस्कार तिर लैजान खोज्दैछन यो सम्पूर्ण दलित समुदाय लाइ मान्य छैन मानव सबै बराबर हो सबैको बराबर हक अधीकार हुन धर्म र सार्वजानिक स्थल कसैको ब्याक्तीगत पनि होइनन् ।

दस बर्ष जनयुद्ध सङै केही परिबर्तन भएकै हो येति बेला पनि हजारौं दलितहरुले आफ्नो हक अधिकारको लागि समाजमा रहेको जातिए छुवाछूत र भेतभाबको विरुद्ध बर्ग बिभेद समाज निर्माण गर्न उल्लेखनीय भुमिका रर्यो । आज आएर पुन यो समाजमा बिस्तारै जातीय विभेद मौलाउदै गर्को बेला फेरि एक पटकपट एस्को जराबाट नै उखेलेर फाल्न कुनै कसुर राख्नु हुदैन कानुनी राज्यको धज्जी उडाउने लाई हदै सम्म्को कार्बाही को माग गर्दछु

अहिले पनि ई साना साना घटनाहरुले ६५ लाख दलितहरुको आफ्नो स्वतन्त्र अधिकारलाई नै हनन्न गर्ने गरि कहिले चुलो छोएकै नाम मा मर्नु पर्ने त कहिले धारा पधेरा हुँदा हुँदा दलितले कसैलाई मन पराउदै मा उ बलि सम्म बन्नु पर्ने यो दु:खद घडीमा फेरि देशले जातीय युद्धनिम्ताउदै छ कथित क्षेत्री ब्राह्मणबादी हरुको यो रबैयाले फेरि तेहि भन्दैछ । ती कथित ब्राह्मणको ईशारा मा दलीतहरु चल्ने दिन गए होसियार पाखनडी हरु तिमीहरु अब चाडै आफुले गरेको बिभेद्को बारे एकपटक महसुस गर्ने कोशिस गर त्यो दिन समयले नि तिमीहरुलाई धोका दिने छ होसियार

You can share this post!