सम्झनामा शहिद कमरेड प्रज्वल

लक्ष्मण चौलागाईं विद्रोही

प्रज्वल कमरेड हार्दिक श्रद्धाञ्जली

२८ औं वसन्त आउदै हुने रहेछ प्रज्वल तपाई नढलेको भए तर तपाइको पहिलो स्मृती लेख्न पो विवश भइयो बझाङ्ले जन्माएको तर देशले पाएको थियो जल्दोबल्दो विद्यार्थी नेता प्रज्वल आज एक वर्ष पुगेछ घट्टेकुलो काठमाडौंमा तपाईको इहलिला चुँडिएको परिवर्तन आएर पनि लुटिएकै वजह भ्रष्ट, दलाल र ब्रम्हलुट विरुद्द थियो तपाईंको लडाइँ ३ करोड जनताको साझा सपना चिमोटिएको पराकाष्ठा नै थियो

तपाईले बम बोक्न विवश त्यो वाध्यात्मक परिस्थिती आज पहिलो स्मृती तपाईको …… गला अवरुद्ध हुँदै लेख्न मन लाग्यो तर …… फासिवादी ओली सरकारले तपाईं जस्तै दर्जनौंको जीवन गणतन्त्रमा चिमोटिसकेको थियो कमरेड प्रज्वल तिर्थ गौतम देखि कुमार पौडेलसम्मको निधार ताकेर हत्याको श्रंखला थप्दै थियो तपाईले अवलम्बन गर्नुभएको पार्टी नै प्रतिबन्धित भैसकेको छ

 आज …. दबाउदै थियो दमनले स्प्रीङ तर पनि प्रतिरोधको लडाईमा हुनुहुन्थ्यो प्रज्वल तपाईं ७६ सालको जेठ १२ अन्तिम मिति बनिसकेको थियो तपाइको भौतिक जीवनको ! ५२ साल देखि जारी भएको जनयुद्धको नरोक्किएको यात्रा नै भनौं जनयुद्धका सर्वोच्च कमाण्डरले समेत आतंककारी भन्दै जिब्रो लर्बरिएको यो गणतन्त्र ! आज थुप्रै प्रज्वलहरु लिस्ट्मा लिस्टेड छ्न थुप्रै उमा र माहिला लामाहरु जेलमा छन त्यो बेनीको कमाण्डर नै गणतन्त्रको शासकको आखामा बालुवा भएका छ्न लिखितममा आयो

 लोकतन्त्र, व्यावहारमा आयो लुट्तन्त्र, आयो आउन त गणतन्त्र …. तर…….., दरबारबाट महलतीर ! अनि झुपडी तिर चाहिँ त्यही नक्कली गणतन्त्र ! हजारौं काला मुसा पाल्नुपर्ने, महारोगी नौलो राजतन्त्र ! सहिद बलिदानको व्यापारीका परिवार र आफन्तलाई ल्याइदिए सहिदहरुले लोकतन्त्र ! यस्तै क्षणहरु गुज्रदै गर्दा आइसकेछ प्रज्वल कमरेड तपाईको पहिलो स्मृती खै कुन शब्दले तपाईंको संस्मरण गरौं नि: शब्द र स्तब्ध अनि आक्रोश र पीडा मिश्रित दलाल लुट्तन्त्रलाई खेद व्यक्त गर्नुबाहेक रहेन कुनै अर्को नियती महान सहिद कमरेड प्रज्वल तपाईलाई हार्दिक श्रद्धाञ्जली

You can share this post!