शहिद प्रज्वलकाे स्मृतिमा सहयाेद्दाकाे भावविहल संस्मरण

सहयोद्दा कामरेड प्रज्वल !

तपाईंको स्मृति दिबस आउदै गर्दा त्याे दिनको झल्को ले मलाई अत्याउदै छ । Dear कामरेड पार्टीको केन्द्रिय कार्यक्रम अनुसार तपाईं हामी आफ्नै आफ्नै कार्यक्षेत्रमा म कालिकोट बाट बन्द सफल पार्न आठ बिसकोट नगरपालिका दैलेख जाँदै गर्दा म दैलेख र कालिकोट जिल्ला सुभकालिका १ को लेख क्रस गर्दै थिए एक्कासि फोन आयो ईन्टरनेटले राम्रोसँग काम गरिरहेको थिएन massnger मा कल आयो । त्यो कल सामाना परिवारकि केन्द्रिय कलाकार बैनी प्रस्तुतीले गर्नु भएको थियो मैले राम्रोसँग सुनिरहेको थिएन । लगत्तै अर्काे नम्बरमा कल गरे र मैले केछ बैनी भोलिको कार्यक्रमको तयारी भन्दै सोधपुछ गर्दै थिए बैनिले दाई आजको कस्तो दु:खद घटना घट्यो मलाई त बिश्वास लागेको छैन केहो भन्नू त दाई भन्दै गर्दा म आफै एक छिन अलमल परेँ अनि सोधे के बैनी ?

काठमाडौमा हाम्रो ४ जना प्रज्वल दाई लगाएत साथीहरुको ….. भयो भन्ने खबर छ दाई भन्नू भयो । मेरो सबै दिमागले काम गर्न छोडिएसकेको थियो मैले हतार हतार फाेन राख्न लाए र साथीहरूलाई बुज्दै थिए एकैचोटी देशनै हलचल भयो । केन्द्रिय स्थानीय FM हरुबाट देशभरी समाचार प्रसारण भयो हामी सबै सोकमा डुब्याैँ । पछिल्लो दिनको हाम्रो पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बन्दको कार्यक्रम सफल पार्न हाम्रो त्यो जिम्मेवारी पनि थियो ।

एति कुरा गर्दै गर्दै म लगाएत मेरो टिम दैलेख प्रवेश गर्याे । साथीहरू पुरै निराश हुनुहुन्थ्यो मैले सम्झाउदै भने कामरेड अब उहाँहरुकाे बाकी जिम्मेवारी तपाईं हाम्रो काधमा आएको छ । अब निराश होइन बर्ग बैरिहरुलाई तहस नहस गर्दै एकीकृत जनक्रान्तिका हाम्रा महान सहिद हरुको सपनालाई पुरा गर्न जस्तो सुकै चुनौती को पनि हामी सामना गर्न तयारी हुने बेला हो भन्दै साथीहरूलाई सम्झाईयो ।

तर आफ्नो मन भित्र कस्तो पीडा भएको थियो मलाई मात्रै थाहा थियो Dear कामरेड तर पनि त्यो पीडा बाहिर देखाउदिन भन्दा भन्दै पनि मेरो मलिन अनुहार बाट नै थाहा हुन्थ्यो प्रष्ट पिडा । अर्को दिन हामी पुरै रोड बल्कमा बसिरहेका थियौ जस्तोसुकै चुनौतीको सामाना गर्नु पर्छ भन्ने नै थियो टोलि कालिकोट र दैलेख को सिमाना दैखोलामा आर्क मिलाएर राखियो … तर हाम्रो बन्दलाई पुण सफल पार्न नेपाल प्रहरी र सम्पुर्ण यातायात व्यावसायिक ले सयोग गर्नु भयो देशभर हाम्रो बन्द सफल भयो…..।

बिडम्बना कामरेड हरुको …… घटनाले भित्र भित्री भतभती पोलिरहेको थियो । कमरेड ईमानदार सरल, नम्र सालिन, एस्ता कामरेडहरुलाई गुमाउनुको त्यो पिडा पार्टीलाई छ्दै छ झन आमा बुवा, ती साना साना भाइ बैनीहरुको पीडा कति हो कति त्यो उहाँहरुलाइ मात्रै थाहा छ … कामरेड तपाईं हाम्रो मनमुटुमा जहिले पनि रहिरहनु हुने छ ।

तपाईं सहिद भएर गए पनि त्यो आर्दस र विचारले हामी लाई पछ्याउँदै छ तपाईंहरुको अधुरो सपनाहरुलाई कुनैपनी हालतमा हामीले पूरा गरे रै छाड्ने छौ । कामरेड एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजवाद को यो महान यात्रामा हाम्रो जित निश्चित छ तपाईं महान सहिदहरुको रगतको एक एक मुल्य उठाउने छौ … एकीकृत जनक्रान्ती जिन्दावाद ! बैज्ञानिक समाजबाद जिन्दावाद !  नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! महान सहिदहरु अमर रहुन !

उहि युद्ध यात्री तुफान सिंह कालिकोटे ।

You can share this post!