प्रतिबन्ध छिचोल्दै झापामा विप्लवका कार्यकर्ताद्वारा १४५ घरपरिवारलाई राहत वितरण

झापा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले झापाका विभित्र स्थानमा प्रतिबन्ध छिचोल्दै १४५ घरपरिवारलाई राहत वितरण गरेका छन् । काेभिड -१९ (काेराेना) भाइरसका कारण गरिब, मजदुर, सुकुम्बासी लगायतका जनसमुदायलाई खाद्यान्नमा परेको असरलाई मध्य नजर गर्दै पार्टीले झापाको दमक नगरपालिका, कनकाई नगरपालिका र शिवशताक्षि नगरपालिका गरी पहिलो चरणमा खाद्यान्न वितरण गरेको नेपाल कम्युनिस्ट पार्टी झापाले जानकारी दिएको छ ।

दमक नगरपालिका स्थित वडा नम्बर १ र २ मा सुकुम्बासी, गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुकाे १०० घर परिवारमा, त्यस्तै कनकाई नगरपालिकामा २० घरपरिवार र शिवसताक्षी नगरपालिकामा  २५ घरपरिवारलाई प्रति परिवार १० केजी चामल वितरण गरिएको उक्त पार्टीले जानकारी दिएको छ । हाल पहिलो चरणमा १४५ घरपरिवारलाई राहत वितरण गरेको र राहत वितरण कार्यक्रमलाई परिस्थिति अनुुसार अगाडि बढाउने जानकारी गराइएको छ ।

पार्टीले प्रतिबन्ध छिचाेल्दै पिडित जनतालाई राहत बाँड्न सफल भएको जानकारी दिँदै जनताकाे निमित्त संघर्ष गरिरहेको हाम्रो पार्टी जनताका लागि जस्तोसुकै परिस्थितिमा सँगै रहेर साथ सहयोग गर्ने जिल्ला सचिव श्रीजंगले बताएका छन् । सरकार जनताको लागि सेवा गर्नुकाे सट्टा कमिसनको खेलमा व्यस्त रहेको बताउँदै उनले भने, हामी माथिकाे प्रतिबन्ध ले जनताको सेवा गर्न कुनै बाधा पुर्याउने छैन ।राहत कार्यक्रमलाई अझै सशक्त ढंगले अगाडि बढाउनेछाैँ।

You can share this post!