चीनलाई टार्गेट गरेर युएस नेभीले प्यासेफिक ओसनमा गर्यो लेजर हतियारको परिक्षण

एजेन्सी – युएस नेभीले प्यासेफिक ओसनमा एक लेजर हतियारको परिक्षण गरेको छ । चीन र अमेरिकाबीच विवाद बढिरहेका वेला अमेरिकाले लेजर वेपनको परिक्षण गरेको हो । चीनले गत फरवरीमा गुआमबाट ३८० माइल पश्चिम क्षेत्रमा अमेरिकी एयरक्राफ्टलाई निशाना बनाएपछि अमेरिकाले यस्तो कदम चालेको हो ।

यो घटनापछि अमेरिकी नेभीले लेजरको प्रयोगले क्रु अथवा मरीन सैनिकलाई नोक्सान हुने बताएको थियो । त्यसका साथै शिप र एयरक्राफ्ट सिस्टम समेत खराव हुन सक्ने जनाएको थियो ।

अमेरिकी नेभी वारशिपले तयार पारेको हतियारले टारगेटलाई हावामा नै मार्ने ताकत राख्दछ । यो एक हाई एनर्जी लेजर हतियार हो । लेजर रेन्ज आंखामा समेत नदेखिने र सिधै असर गर्ने क्षमता राख्छ । यो परिक्षणको घोषणा नेभीको फैसिफक फलीटले गरेको हो।

गत जनवरीमा चीनको नेभी डिस्ट्रायरले अमेरिकाको नीव मैरिटाइम पट्रोल एयरक्राफ्टलाई लेजर बीमबाट निशाना बनाएको थियो । अमेरिकाले पैसिफकमा यो हतियारको परिक्षण गरेर चीनलाई जवाफ दिएको हुन् सक्ने बताइएको छ । दुवै देशबीच साउथ चाइना सीलाई लिएर लामो समयदेखी तनाव जारी छ ।

फलीटले टिवटरमा शेयर गरेको भिडियोमा युएएस पोर्टलैंड डांक शिपमा परिक्षण गरिरहेको देखिएको छ । यसमा फस्र्ट सिस्टम लेवलको हाई एनर्जी क्लास सांलिड स्टेट लेजरको प्रयोग गरिएको छ । यसले हावामा नै ड्रोन एयरक्राफ्टलाई मार्न सक्ने क्षमता राख्छ ।

source : kathmandupati.com

You can share this post!